कबिता : खोट नीतिमा हैन !


जेठ १७, २०८२, शनिबार | साँझ ०६:१३ बजे | 140


कबिता : खोट नीतिमा हैन !

खोट नीतिमा हैन कारिन्दाको नियतमा देखिएपछि नियमनकर्ताको आंखोमा अन्धो बिश्वासको तुवाँलोले छोपीएपछि झुठका पुलिन्दाहरु पनि यहाँ भक्तिभावमा परिणत हुन्छन् ! सफलता नीति निर्माताको आफै अनि आफ्नै बनेपछि अनुगमनको डाँडो पाखोमा स्वार्थी औजारहरु चलबलाएपछि शालीनताका बेगहरु यहाँ अनि छाल बनी उर्लन खोज्छन् ! जे छ अहिले उस्तै ठिक छ आवाज बनि बाहिर आउने खोजे भोलि के पो भर छ ? सोच्ने सिमा तोक्न थालिएपछि सिर्जनाका ती आभाहरु नव–निर्माणका ती आस्था पनि स्खलित बन्दै अघि कहाँ पो सर्छ ! जम्ने तलाउका ती चर हैनन् नीति निर्माता हुन् या श्रेणीबढ्द कारिन्दा न त ती दहिचुइरे खालका फल नै हुन् भाबी सन्ततिका बिउ खारिंदा खोटा खटको धुलाई गर्दा नियतमाथिको कुनियत अनि नीतिमाथिको कुत्सित नियतलाई हुरीको गीतले धक्का दिंदा जुर्मुराउने गतिशील पाइला परिबर्तनका लहर हुन् ती त ! राजु लासिवा

Comments