बीउ खेतको ब्याडमा....


जेठ १७, २०८२, शनिबार | विहान ०८:३३ बजे | 110


बीउ खेतको ब्याडमा....

कुमार लघु, भक्तपुर 
भाइबहिनीहरू नमस्कार आज असार आउनै लागेको वेलामा रोपाई र खेत खन्ने विषय अन्तर्गत दही चिउराको वारेमा छलफल जारी गराउन कोशिश जारी राखे ।
अब रोपाईको लागि व्याडमा रोपाईको लागि बीऊ तयार भयो । खेत खन्न सुरू गरे भयो । पहिला पहिला मानिसले खेत कोदालीले खनिन्थो । जति खेत होस् आफूले खन्ने तागत भए आफैले भनौ अलि खेत हुनेले समय मै खनेर बालिनालि लगाउँथो। आफूले गरणन नसके अरू सहयोगी राखेर खेत खनेर वेलै रोपई गर्न तयारी अवस्थामा राख्छ है ।  खेतको व्याडमा अब बिस्तारै व्याडको बीउ बड्दै आईरहेको छ।  खेत अहिले खेत खला मेशिनले खन्छ खन्दैछन् । पहिले खेत खन्न थाले फेरि घाँस उम्रेरेर दुःख दिन्छ बेलैमा ठिक खन्नुपर्छ ।
यो जेष्ठमा पानी पर्ने समय हो । हेर्नुस् भाइ बहिनीहरू कथन छ धानवाट चामल निस्कन्छ । त्यही चामलको हामी सबैले विहान वेलुका खानाको रूपमा चुलामा पहिले भए दाउरा बाली पकाई तरकारी अचार खाना खान्थो। अहिले धेरै धेरै भन्दा वढि मानिसहरूले खाना पकाउन ग्याँसको बाल्ने गर्नाले खानामा फरक स्वाद आउने भैरहेकाछन्। चुलामा र ग्याँसमा पकाईको खानामा फरक छ । 
भाइ बहिनीहरू स्कूलहरूमा वर्षे वालि रोप्नलाई विदा दिने चलन छ । हामी कृषि प्रधान देशका कृषकहरू हौ । हामीले हो वर्षभरी खानको निम्ति धान रोप्ने महिना असार आउन चौध पंन्ध्रदिन बाकी छ । रोपाई गर्न जानुपर्छ । धान रोप्न तयार भएर वस्नु होला । आफ्ना अग्रजहरूसित पनि सोधखोज गर्नु होला । असारमा पानी पर्छ अनि मात्र असार राम्रो हुन्छ  । असारमा पानी परेर खेतमा पानीले भरेर रोपाई गर्दा खेल्दा मज्जा आउँछ। 
 स्कूलका स साना भाइ बहिनीहरू असार पन्ध्रमा धान रोपेर दही चिउरा खान आतुर हुन्छ । किन होला भाइ बहिनीहरू पनि धान रोप्न आतुर हुन्छ ? हो हामीले खाने खाना चामल कहाँवाट आउँछ भन्दा पसलवाट ल्याउँछ आउँछ भनेर भन्छन् त्यो चामल धानको बीउ रोपेर धानको वोटवाट धान फलेर चामल मेलमा धान कुटेर पेलेर मात्र बल्ल चामल निस्कन्छ भनेर जानकारी दिनलाई यो स्कूलले भाइ बहिनीहरूलाई पनि धान रोप्ने कार्यमा शिक्षक शिक्षिकाहरूले आ आफ्नो वार्षिक कार्य तालिकामा योजना समावेश गर्ने गरेको हुन्छन् ।
 अब मात्र पो चामल कसरी निस्कन्छ भने सुन्दर काहानी शिक्षक शिक्षिकाले स्पष्ट पारे पछि नानी बाबुहरूलाई चामल फल्ने धानको वोट रहेछ भनेर जानकारी लिने हुन्छ । शिक्षक शिक्षिकाले कथाको रूपमा आफ्नै ढंगले प्रस्तुत गरिदिने काम हुन्छ स्कूलको कक्षामा है भाइ बहिनीहरू ।
 मैले असारमा दही चिउरा खाने पर्व पनि हो भन्ने । नानी बाबुहरू अहिले नै योजना बनाऔ । कसरी  योजना बनाउने विचार गरौ ल है । आफ्ना शिक्षक शिक्षिकाहरू सित छलफल गर्नुस् । अहिले नै शुक्रावारको दिनमा रू ५÷५ कोषमा दही र चिउरा खान जम्मा पार्ने गरौ । आहा! असारमा दहि चिउरा खाने कार्यक्रम राख्दा कस्तो होला ? उत्सुकता पनि जाग्छ । कल्पनाशिल भएर साथी भाइ दिदी बहिनीहरूमा कुराकानी जारी राख्नुस्। 

म त अर्कै अंङ्कमा यस्तै असारको रोपाईको बारेमा लेख तयार गर्ने तरखरमा छु  आजलाई बीउ खेतको व्याडमा हल्का विषयमा जानकारी गरि विदा भए । नमस्कार 
२०८२÷२÷१७ गते, ख्वप

Comments