हाम्रै गणतन्त्र १८ वर्ष
जेठ १६, २०८२, शुक्रबार | विहान ०८:३५ बजे | 110
कुमार लघु,भक्तपुर
खोइ जनतालाई गणतन्त्रले के लछा-र्याे । गणतन्त्र,प्रजातन्त्र,बहुदल भनेर मैले हेरे देखे कुनै जनतालाई प्रत्यक्ष फाइदा भएन । समग्र रूपमा जनतालाई फाइदा छ । जस्तो माैलिक अधिकार प्राप्त भयाे । वाक स्वतन्त्रता जनताको संविधान जनताका छोराछोरी नै राष्ट्पति प्रधानमन्त्री,मन्त्री वनाउने व्यवस्था ल्यायो । तर यहाँ नीर जनताका जनतावाट निर्वाचित भएर राष्ट्पति प्रधान मन्त्री र मन्त्री जनताले निर्वाचित भएकाहरू नै जनतालाई शोषण गर्ने जनतालाई ठग्ने ,घुस खाने ,भ्रष्टाचार गर्नेहरू निर्वाचित भएर गएकाहरू परे । फसात यसरी प-र्यो। भाइ बहिनीहरू निर्वाचनमा गतिलो र निस्वार्थ रूपले सेवा गर्ने जनताले नपाउँदा देश वेच्नेहरू परे । जनता आपतमा छन् । संसद सदस्यहरू र प्रदेश संसद सदस्यहरू पनि स्वार्थ बोकेर गएकाहरू नै परे त्यस मध्यमा कम मात्र देश र जनताको सेवा गर्नेहरू परेका छन्। अवका दिनमा निस्वार्थ रूपले सेवा गर्ने सेवकहरू निर्वाचित गरेर पठाउनलाई हाम्रा आमा बुबा दाजुभाई दिदी काका काकीहरू र युवा युवती शिक्षित विध्यार्थी महिलाहरू सचेत प्रबुध्द वर्ग जस्तै चनाखो खालको हुनु पर्नेछ। हाम्रा होईन् राम्रा जनताका देशभक्त नेपाली मनका नेपालीको सेवा गर्ने भाग्यमाणीलाई जिताई पठाएमात्र हाम्रा नेपाली र नेपालका जनताको भलाे हुन्छ । यहाँ निर्वाचित भएर गएरहरू अक्सर भाटमाराहरू परे। जनताले पनि राम्रा नै निर्वाचित गरेर पठाएका होला तर कुलाङगारहरूको संगतले माथी पुगेर कुसंस्कार सिकेर जनतालाई हैदान वनाएका छन् । हुने विरूवाको चिल्लोपात भनेको उखान छ । त्यस्तै उम्मेदवारलाई जनताले अध्धयन अनुसन्धान गरेर जनताको माझवाट जनतासित उठवस गरेर जनता र जिल्लावासीलाई कामले आपत विपत पर्दा खटेर सर सहयोग पार्टीमा होल्टामर भएर पार्टी र देश जनताको हकहितको निम्ति दिलो ज्यान दिएर जनताको राय सल्लाह र पार्टीको नीति नियम सिध्दान्तमा वसेर प्रतिकृयाबादीहरूको घोर विरूध्दमा लाग्ने देशको माया गर्ने अनुशासित कार्यकर्तालाई निर्वाचित गर्नुपर्छ भनेर जनताले छान्नुपर्छ भनेर मत हाल्ने नगरेसम्म यहाँ कुकुरको पुच्छर २० वर्ष ढुङ्गोमुनि राखेर हेर्दा बाङ्गाको बाङ्गै भनेको जस्तै हुनेछ । भाइ बहिनीहरू अहिले एक पटक निर्वाचित भएर गएका उच्च तह तप्कादेखी दोष नलगाएका व्यक्ति नै छैन् । यसो नियालाै । यो सरकारमा भए गएकाको अनुहार नियालाै न त । राष्टपति ,प्रधानमन्त्री,गृहमन्त्री ,मन्त्री सचिवहरू आईजिपी ,आदी खतमका परे जनताहरू निरासावादी छन् । सरकारलाई जुन काम नगर भनणदाभन्दै गर्छन उहीँ काम गर्छन के हो ? सरकारले पनि जनताको आदेश पालना नै गरेन जनताको मत लिएर गएर जनताको निर्देशन नै नमान्य सरकारको नेतृत्व गर्ने परे, नि समस्या आईरहेको छ। अन्तमा राजनीतिले कस्तो समयले अगाडि वढेको छ भन्ने नियाल्ने अवसर तपाईं हामीले नि नियालणनु पर्ने वेला आयो । समयले हामी खोइ कता पु-र्याएर छोड्छन्। यो लेख पढ्नुस् कथा सम्झेर पढेर शेयर गर्नुस् । अनि विचार विमर्श गर्नुस् । धन्यवाद २०८२/०२/१६
