विनायक शिक्षा निकेतनमा अभिभावक अभिमुखीकरण कार्यक्रम
जेठ १५, २०८२, बिहीबार | दिउँसो ०३:०४ बजे | 140
कक्षा नर्सरीमा भर्ना हुनुभएका विद्यार्थीहरूका अभिभावकहरुलाई Activity Based Curriculum सम्बन्धमा अभिमुखीकरण कार्यक्रम को आयोजना गरियो। सो अभिमुखीकरण कार्यक्रममा प्री लेभलका कोर्डिनेटर पद्मा श्रेष्ठले activity based learning का विभिन्न पक्षहरू सम्बन्धमा अभिभावक ज्यूहरूलाई जानकारी गराउनुका साथै विभिन्न क्रियाकलापहरू समेत गराउनुभएको थियो। विद्यालयका सेकेन्डरी कोर्डिनेटर शैलेन्द्र भट्टराई ज्यूले विद्यार्थीहरुलाई आधुनिक शिक्षण विधिद्वारा पठनपाठन गराउँदै आइरहेको बारेमा प्रष्ट पार्नुभयो। विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिज्यूले विद्यार्थी भाइबहिनीहरूलाई अभिभावकज्यूहरूले समय दिनुपर्ने ,विद्यार्थी भाइबहिनीहरुलाई असल संस्कार सिकाउनुपर्ने र विद्यार्थीहरूलाई हौसला र प्रेरणा दिनुपर्ने धारणा राख्नुभयो
