कविहरूले गणतन्त्रका लागि जनतालाई जागृत पारेको इतिहास छ:-मन्त्री पाण्डे


जेठ १५, २०८२, बिहीबार | विहान ०७:५१ बजे | 65


कविहरूले गणतन्त्रका लागि जनतालाई जागृत पारेको इतिहास छ:-मन्त्री पाण्डे

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा १८ औँ राष्ट्रिय गणतन्त्र दिवसका सन्दर्भमा आयोजित 'कविता उत्सव' - २०८२को पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे।प्रमुख अतिथि पाण्डेले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको इतिहास छ।लोकतन्त्र र गणतन्त्रको विकल्पमा अर्को व्यवस्थाको खोजी गर्नु भनेको गोलचक्रमा फस्नु हो।संवैधानिक वा सक्रिय कुनै प्रकारको राजा आउने सम्भावना छैन। यस्तो चेष्टा गरेर जनताको अधिकार हनन गर्न खोज्नु आफैँ गोलचक्रमा फस्नु हो र राजा ल्याउने भन्ने कुराले कसैको हित नहुने धारणा मन्त्री पाण्डेले व्यक्त गर्नुभएको थियो ।गणतन्त्रमा जे जे समस्या र जटिलता छन् तिनको परिष्कार गर्दै अघि बढ्नका निम्ति कविताको माध्यमद्वारा जनमत सिर्जना गर्न लागि पर्नुपर्ने समय आएको उहाँको धारणा थियोे।गणतन्त्रमा केही भएन भन्ने भाष्य निर्माण हुनु चिन्ताजनक रहेकाले प्राज्ञिक र बौद्धिक तहतप्काले त्यस मिथ्यालाई चिर्नुपर्ने बताउनु भएको थियोे ।कवि मनले अपराध नभइकन निष्ठा र इमानको बाटो रोज्ने गर्छ।कवि हृदय भएका मानिसले संवेदनशीलता बुझ्ने भएकाले लोकतन्त्र र गणतन्त्रको समृद्ध समाज निर्माणका लागि अपरिहार्य रहेको मन्त्री पाण्डेको भनाइ थियोे ।साथै बाचित कविताहरूले गणतन्त्रको मर्म र मूल्यबोध गरेको बताउँदै संसदमा अभौतिक सम्पदाको विधेयक प्रस्तुत भएको बताउनु भएको थियो।उहाँले संस्कृति ,पर्यटन र हवाई ऐन र नीति निर्माण गर्न आफू लागि परेको बताउनुभएको थियोे। कार्यक्रमका विशेष अतिथि तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मनतव्यको सट्टा भोजपुरी भाषाको गीत 'दिलसे सोच' प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादसहित समापन मनतव्यका क्रममा पहिलोपटक दर्शन एवम् दोस्रोचोटि दुखान्त र प्रहसनको रूपमा इतिहास दोहोरिने सम्भावना भएपनि टिकाउनु नहुने बताउनुभएको थियोे।उहाँले गणतन्त्र भएकाले नै हामीले बोल्न पाएका छौँ ।गणतन्त्रविरुद्ध सडकबाट उठेको आवाज विल्कुलै युग सापेक्षित छैन ।अहिले संसारभरि गणतन्त्रको लहर चलिरहेको बताउँदै "कविता उत्सव"मा बाचित कविताको लेखन ,भाषा र शैली जे भएपनि आजको गणतान्त्रिक चेतलाई आत्मसात् गरेको बताउनु भएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य( काव्य विभाग) प्रमुख बाबा बस्नेतले आजका कविहरूले परिवर्तन र अग्रगमनलाई आत्मसात् गर्दै कविता रच्नुले गणतन्त्रको विकल्प अरू कुनै व्यवस्था नभएको बताउनु भएको थियोे ।प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले उद्घोषणका क्रममा विभिन्न जनआन्दोलन र जनयुद्धको जगमा जनताको सङ्घर्षबाट प्राप्त भएकाले गणतन्त्रका पक्षमा कवि र लेखकहरू उभिनु भनेको महत्त्वपूर्ण कुरा रहेको बताउनुभएको थियो। गणतान्त्रिक 'कविता उत्सव' - २०८२मा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा प्रसिद्ध कवि श्रवण मुकारुङलगायत १९ जना कविले आआफ्नो मातृभाषामा कविता वाचन गरेका थिए।जसमध्ये कविहरू प्रोल्लास सिन्धुलीय, केशव सिलवाल,शकुन्तला जोशी,मिश्रामाया गुरुङ, विना थिङ,केवल बिनावी,रिमा के.सी,अनिल श्रेष्ठ र सुरज रानाले नेपाली भाषामा कविता वाचन गरेका थिए।यसैगरी मैथिलीभाषामा रुपा झा ,नेपाल भाषामा रजनिमिला महर्जन,खसभाषामा ओम रिजाल, थारुभाषामा भूमिका थारु ,डोट्याली भाषामा कर्णदयाल सोराडी, तामाङभाषामा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बूभाषामा भीमा खजुमले गणतान्त्रिक चेतनाले ओतप्रोत भएका कविता वाचन गर्नुभएको थियोे। संयुक्त जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनद्वारा गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियोे।यसपछि नेपालमा गणतन्त्र दिवस मनाउन थालिएको हो।यसै दिनदेखि २३८ वर्ष लामो पारिवारिक शाह वंशीय राजतन्त्रको अन्त्य भएको थियोे।यस व्यवस्था प्राप्तिका लागि लेखक ,साहित्यकार ,कलाकारसहित हजारौँ जनताले बलिदान गरेका थिए। समाचार सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

Comments