म मेरो आँगनमा रमाउँछु..
जेठ १५, २०८२, बिहीबार | विहान ०६:५५ बजे | 30
कुमार लघु,भक्तपुर
नमस्कार भाइवहिनीहरू
आज गणतन्त्रको विदा हो । यो गणतन्त्र ल्याउनलाई हाम्रा पुर्खाले रगत बगाई शासक वर्ग, शासक वर्गको पाल्तु कुकुरहरू, सेना प्रहरी मण्डले विपक्षहरू वर्गसित मुठभेडगरी कुटाकुट निरंन्त्तर निरंकुश तानाशाही पंञ्चायत व्यवस्था ढाल्न संघर्ष गरेर आएको यो पूँजिवादी गणतन्त्रको महत्व बुझ्नुपर्छ । यसको महत्वको स्वाद बुझ्नलाई नै र यसको स्वरूप कसरी कहिले किन ल्याउन परेको भनी सोधखोज गरि भलाकुसारी गर्नेछौं गर्न गराउन यो विदा दिएको हो ।
भाइबहिनीहरू आज देश संकटले नै जनताले जे जस्तो आसा बोकेर जिवनमा दुःखकष्ट हुने र जेलनेल प्रबास देश त्यागेर समर्थक कार्यकर्ता नेता र जनताको मन बिथोलिएको छ । देश र जनताले सोचेको जस्तो समाजवादी गणतन्त्र अझै आएको छैन् । त्यसले जिल्लामै जनतालाई पिर दुःखकष्टले अलग गर्न नसकेको हो । अझै जनताहरू उठेर परिवर्तनको निम्ति संघर्षमा लाग्नुपर्छ ।
जनताले गणतन्त्रमा चुनेर शत्तामा र संसदमा पठाएका नेता भनौ गतिलो परेन स्वार्थहरू परे । कन्जूसहरू प–र्यो । जनताले हरेक पाँच वर्षमा चुनाव गरेर निर्वाचित गरेर पठाउँन छन् । संसद दुई प्रकारको हुन्छ । तल्लो संसद र माथिलो संसद । ठूल्लादेखी सानासम्म नै घुस खाने भ्रष्टाचार गर्ने परे । देशभक्ति कमै देखियो । आज गणतन्त्र ल्याउनलाई राजा फालेको १८ वर्ष पूरा हुन्दैछ है मेरा पाठकहरू ।
संघर्षमा लागेर कतिले अपाङ्ग जीवन बिताउन प–र्यो ,अपहेलित भएर जीवन गुजारा गर्न गाह्रो भै रहेका छन् । कति शहिद भए । कति आमा बुबाको काख रितीएको छ । जेलनेल विताई जीवन त्याग गरे भक्तपुरमै टौमढी र विभिन्न ठाउँमा त्यति वेलामा भरौटे प्रहरीहरूले जनताका सन्तानहरू, छोराहरूलाई विश्र्व युध्दमा प्रतिवन्धित गोलि हानेर ज्यान लिएको थियो । लास बेपत्ता पारे । कति आन्दोलनकारीहरूलाई जिउँदै रातारात बोरामा कोचेर तालमा र नदीमा फालेर जनतालाई अपमानी गरेको थियो ।
अहिलेका भाइ बहिनीहरूले विदा एकदिन हो कहिले कसरी आएको हो? अभिभावकसित सुनेर बढी जानकारी राखौ ।
भक्तपुरमा राजकुमार सुवाल, कृष्णराम दुवाल ,पुष्परत्न शाक्य, दैवज्ञरत्न शाक्य आदीलाई सहिद वनाएको थियो । सहिद परिवारलाई त्यो वेलाको घाऊ अहिले आलै छ । कति अचेत छन् । जीवन नै परिवारको वेहाल छ। कति बोली लरबरायो । कतिका सन्तानहरू आमा बुबाहरू छोरो फर्किन्छन् भनेर ढुकेका छन् । अहिले आउँछ भोली आउँछन् भनी तोलाएको थियो। इतिहास तितो छ। टौमढीमा राजकुमार सुवाल र कृष्णराम दुवाललाई गोलि लागेको थियो। हरेक जिल्ला जिल्लामा पंञ्चायतको विरूध्दमा आन्दोलनले उभार ल्याउन सकेको हुनाले मात्र नेपाली जनताको महत्व रहेको थियो। नेपाली जनताको आन्दोलनलाई राजनैतिक पार्टीहरूले नेतृत्व गरेको थियो। त्यो समयमा राजैतिक पार्टीले आन्दोलनको आह्वानमा जनताहरू देशभर आन्दोलित भएको थियो। १५ दिनसम्म निरन्त्तर संघर्षमा जनताले सहभागी भएर पंञ्चायतलाई गणतन्त्र घोषणा गर्न राजा ज्ञानेन्द्रलाई दरवार छोड्न बाध्य पारेको थियो। गिरिजा प्रसादले बिस्तारै माओवादीलाई शान्ति सम्झौतामा हस्ताक्षर गराई देशलाई गणतान्त्रात्मक भएको पारेबो थियो । ०६२–०६३ सालको जन–आन्दोलनलाई नेतृत्व गर्न निम्न पार्टीहरू अगि सरेको थियो । पंञ्चायत कालमा पुलिस सेना मण्डले र शासन सत्ताका आउरे बाहुरेहरूले दमन चक्र गरेको हुनाले नै राजको सत्तालाई जनताले फालेको हो। नेपाली काँग्रेस, एमाले , माओवादी ,नेकपा चौठो, नेपाल मजदुर किसान पार्टी ,नेताहरू जन नायक गणेश मान सिँह, गिरीजा कोईराला , मनमोहन अधिकारी ,कामरेड रोहित(नारायण मान विजुक्छेँ ), झलनाथ खनाल, माधव कुमार नेपाल ,मोहन चन्द्र अधिकारी, शम्भुराम श्रेष्ठ, वाबुराम भट्टराई र सिपी मैनाली आदि थिए । यी नेताहरूको साथमा उप नेता केन्द्रीय समितिका सदस्यहरू , समर्थक युवा युवती महिला ,प्रबुध्द वर्ग विभिन्न वर्गिय संघ संगठनको सहभागिता थियो । पत्रकार लेखक कलाकार ,सामाजिक अभियन्ता, शिक्षा विध्दहरू, साहित्यकारहरू, शिक्षक शिक्षिकाहरू,परिवर्तनकामी कर्मचारीहरू,विध्यार्थीहरू ,मानव अधिकारवादीहरू अन्य परिवर्तनवादीहरूको व्यापक साथ सहयोग र वलिदानले नै परिवर्तन ल्याउन सकेको हो।
अन्तमा यो परिवर्तले मात्र आ आफ्नो आँगनमा उफ्रिनु पाएको थान्दछु । भाइ बहिनीहरू परिवर्तन त्यसै आउने होईन समय परिस्थिती र छरछिमेकी राष्ट्को पनि साथ र समर्थन चाहिन्छ । अन्तराष्ट्यि परिस्थिती मिलेको हुन पर्ने रहेछ है । भाइ बहिनीहरूले थाहा पाउन नेतृत्व गर्न नि कठिन समय हो । त्यसै कर्कलो जस्तो नेता भएको होईन् नेता हुन पनि आँटिलो नेतृत्व गर्न सक्षम हुनुपर्छ । पढाइ भूत, भविष्य र वर्तमानको आँकलन र दुरगामि विचारक, विचारवाण जन आकर्षण गर्न सक्ने इमान्दारीता, मेहनत ,अथक परीश्रम र कुशल संगठन गर्ने खुबि भएको व्यक्तित्वको आवश्यक हुन्छ । यो लेख हेरेर कमेन्ट गर्नु होस् । गणतन्त्र विरोधिहरूको पराजयको कामना सहित विदा हुन्छु। धन्यवाद
२०८२÷२÷१५ गते
