विनायक जुनियर रेडकस सर्कलको पुनः गठन


जेठ १४, २०८२, बुधबार | दिउँसो १२:०७ बजे | 225


विनायक जुनियर रेडकस सर्कलको पुनः गठन

"रेडक्रस अभियानमा लागौँ, विपत्तिमा परेका मानवलाई सहयोग गरौं।" भन्ने नाराका साथ मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी, जुनियर रेडक्रस सर्कल गठन विधिअनुसार रेडक्रसमा " म सेवा गर्छु " भावनालाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुल, मध्यपुर थिमीले मंगलबारका दिन कक्षा ९ मा अध्ययनरत प्रिन्सि प्रजापतिको अध्यक्षतामा ११ जनाको कार्यसमिति शैक्षिक सत्र २०८२ को लागि चयन गरियो । विनायक जुनियर रेडक्रस सर्कलका शिक्षक नायक रामचन्द्र प्रजापतिको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ५० जना विद्यार्थीहरू सहभागी रहेको थियो ।शैक्षिक सत्र २०८२ का लागि चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बधाई ज्ञापनका साथै कार्यकालको सफलताको शुभकामना पनि प्रदान गर्नुभयो । उक्त कार्यक्रममा विद्यालय नर्स विमया तामाङको सहभागिता रहेको थियो भने सहशिक्षक नायक सरु श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Comments