मेरो आँगन आहा !


जेठ १४, २०८२, बुधबार | विहान ०९:५९ बजे | 60


मेरो आँगन आहा !

कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार,
मेरो देश, मेर‍ो घर, मेरो आँगन मेरो हिमाल पहाड र मेरो तराई मेरो स्वर्ग हुन् । हिमालदेखी तराईसम्म कुनै सरसामान हराउँदैन्थो । जुनवेला जेलनेलकोे वन्दोवस्त भयो, चोरचकारी वढे । वसाँई सराईले नि चोरचकारी वढेको जनमानसको मन अनुभूति रहेको छ । प्राचिन कालदेखि न नै चोरचकारी थियो । चोरचकारीले वच्नलाई नै मानिसहरूले घर छाप्रो अनुसारको आवास र निवासको सुरक्षाको निम्ति घरको निमार्ण भएको हो । आँगनमा परिआएको वेला अँगनमा विस्कून सुकाउन आफन्तहरू आउँदा वसाउन र घाम ताप्न ,कुनै बखत भोज भतेर र छोराछोरीको वेल विवाह,विवाहमा मण्डप वनाउन आँगनको आवश्यकता छ। 
             आधुनिकमा घर वनाउँदा पार्किङ्गको आवश्यकता परेको छ । अहिले तपाईको घरसंगै पार्किङ्ग रहेकोमा मोटरकार मोटर साईकल रहेकाछन् । पहिले भए गाउँको आँगनको घरमा डोको कुटो कुोदालो अन्य सरसामानहरू रहन्थो । समय फरक छ । यहि हो परिवर्तन समयले ल्याएको छ। अहिले पनि सत्य नारायणको सप्ताहा लगाउन उपयोग गरेको पाउने छौ। मेरोआमा बुबाले आँगन सुघर सफासित राखेको हुन्थो ।  घरको महिला दिदी बहिनीहरूले हरेक दिन कुचोले वदार कुदार भैरहन्थो ।  आँगन वरपर करेसावारी समेटेको हुन्थो । मन रमाउने गमलामा मन प्रफुल वनाउन फुल रोपेको हुन्थो । अहिले धर्म प्रती मानिसको कम विश्रवाशले गर्दा फुल रोपेर सजाउने कम भएका छन् ।
 मेरो घर व्यासीको पोखरीको उत्तरको कुनामा रहेको थियो। अहिले भाईहरूलाई परेको छ।  मलाई ननी चोक नजिक मेरो आमाले जन्माउनु भएको जग्गा परेको र नयाँ निर्माणमा  लागेको छु । २०७२ सालको भूकम्पले गर्दा घर सबैको भत्केर नयाँ निर्माण भएकोले घर र टोल नयाँ शहर टोल नगर नै नयाँपन देखिन्छ । अहिले आँगनहरू वालुवा गिट्टी ईट्टाको साथै केबुल अण्डरग्रुाउण्ड गर्ने कार्य वर्तमानमा भैरहेकोले लुगा तालेको झै पत्र पत्र देखिन्छ मेरो व्यासीको आँगन । 
          कतै अगिनै भने जस्तो सबैको भेरिकलहरूको आवश्यकताले आँगन सानो र कुचिएको देखिन्छ।  टोल नै गुचमुच सानो देखिन्छ । मेरो ठुल्लो व्यासी पोखरीले दैनिक हिडडुल गर्ने बटुवाहरूलाई आकर्षण गरेको छ।  पोखरीमा आजकल भक्तपुर महोत्सवदेखि पानीलाई उठाई अक्सिडाईजेशन गरेर माछाहरूलाई अक्सिजन लिन फ्रेस पार्ने कार्यले गर्दा पहिले भन्दा पानी सफा र सुन्दर देखिन्छ। सामूहिक प्रयासले गमलाको सजावट र वन्दोवस्तले नै व्यासी पोखरीशको झनै सुगन्धमा थप भएका छन् । वेलुका र विहान त एकछिन वेला वेलामा रमाईलो वातावरण थपेको छ । टोलमा माया गर्ने मान्यजनको अभाव खट्केको छ। पहिलेबा नामूद व्यक्तिहरूको वास स्थानको वसाई सराईले टोलको पनि रहनसहन र वसि बसाऊमा अलि धेरै नै न्याश्रो देखिन्छ। पहिला आहा! व्यासी टोल भनेपछि चमक नै थपेको हुन्थो । हाम्रो व्यासी टोलमा भएको वासुमावि कासनमा राख्न लगेकोले पनि सुनसान देखिएको आभास भयो ।

हस त आजलाई यो परिस्थितिसम्म लेखे विदा हुन्छु। अर्का साथीलाई पनि शेयर र पढ्ने अवसर दिनु हुने आसाका साथ विदा हुन्छु। 
२०८२÷२÷१४ बुध्दवार 

Comments