स्वाद भित्र लुकेको रहस्य


जेठ १४, २०८२, बुधबार | विहान ०९:११ बजे | 35


स्वाद भित्र लुकेको रहस्य

रचनाकार
डा. इन्दुल के.सी., भक्तपुर ९८४१३३४११३
१) प्राक्कथन ः
    नेपाल र नेपाली त्यसमाथी नेपाल सरकारको जागीर खाएर देशको र देशवासीको सेवा गर्ने अवसर पाएको म कहिले काहि गर्वले फुरुङ्ग पर्ने गर्छु । हुन त यो गर्वको बेलुन बेलामा बेलामा ठूस्स नभएको भने होइन । तर आजको प्रसङ्ग मेरो बेलुन ठूस्किएको नभएर बेलुनले फूलेर उडान भरेको सन्दर्भलाई लिएर गरि रहेको छु ।
    नेपाल सरकारमा रहेर नेपालीको सेवा गर्ने कार्यलाई झन वढी सशक्त बनाउनको लागि नेपाल सरकारले पनि र नेपाललाई माया गर्ने विदेशी संस्थाहरुले पनि नेपाली कर्मचारीहरुलाई आफ्नो मूलुकमा विभिन्न कार्यक्रमहरुमा क्झष्लबच, ऋयलाभचभलअभ आदिमा सहभागी गराएर क्षमता बृद्धि गर्ने अवसर दिदै आएका छन् ।
    यसै क्रममा मलाई एक पटक शिक्षा मन्त्रालयको विद्यालय प्रशासनको उपसचिवको हैसियतले जापानको भ्रमण गर्ने अवसर मिलेको थियो । शिक्षा मन्त्रालयमा कार्यरत रहदा नेपालीको शिक्षा सेवामा सहयोग पु¥याउने कार्यका लागि आएका जापानिज स्वयम सेवकहरुको नेपाल बसाइलाई सरल, सहज र उपलब्धि मूलक बनाउने कार्यमा म सधै नै लागि रहन्थे । मेरो कार्य सम्पादनलाई नेपाल सरकारले र व्बउबल इखभचकभबक ख्यगिलतभभच क्भचखष्अभ साथै जाइकाले आयोजना गरेको सम्मेलनमा सहभागी गराइयो । जापानी  व्इख्क् स्वयम सेवकहरु नेपालमात्र होइन विभिन्न देशमा स्वयम सेवक भएर काम गरि रहेका हुनु ति विभिन्न देशमा स्वयमसेवक भएर काम गरिरहेको जापानिहरु र तिनलाई सहयोग पु¥याइरहेका ँयअब िएभचकयल हरुको अनुभवको आदान प्रदान गर्ने प्रयोजनका लागि मेरो जापान भ्रमण हुन गएको थियो ।
    आजको यस प्रसङ्गमा सम्मेलनको ब्यवसायिक पक्ष भन्दा पनि सम्मेलनले जुराइदिएको अवसरमा मैले जापानमा के के अनुभव गरँे ती अनुभवहरुलाई तपाईहरु समक्ष साटासाट गर्ने अठोट गर्दा पनि मन प्रफुल्लित भएको छ । प्रफुल्लित मनले फुलाएको केही फूलहरु तपाईहरुको दिलको बगैचामा सजाउन पाउँदा हामी दुबै थरीले आनन्दको रसास्वादर गर्न सक्यो भने यस लेखले उपकार गरेछ भन्ने मानौंला ।

२) प्लेनको यात्रा र मनमा उठेको भावनाहरु
    काठमाडौंबाट विभिन्न ठाउँमा विश्राम गर्दै जापान एयरलाइन्सको विमान मलाई लिएर जापानको अन्तराष्ट्रिय नारीता विमान स्थलमा अवतरण भयो । विदेश यात्राको अनुभव पहिले पनि नभएको होइन तापनि यस पटकको यात्रामा मेरो मन दशौं वर्ष अगाडि मैले बेलायतको बक्सायर रेडिङ्ग विश्व विद्यालयमा एक वर्ष अध्ययन गरेको समयमा म संग साथी बनेकी जापानकी एक शिक्षीका “युकिये आनजाई” नामकी महिलालाई भेट्न पाउने अवसर दिलाउने भयो भनेर होला, मन बढि हर्षीत पनि थियो । 
    स्वयमसेवकहरु र तीनका सम्पर्क ब्यक्ति (ँयअब िएभचकयल) हरुका लागि आयोजना गरिएको सम्मेलनको कार्य तालिका अनुसार उक्त नारिता बिमानस्थलको आगमन कक्षबाट आफ्ना लगेजहरु लिएर बाहिर निस्कन्दै गर्दा एउटा कार्डबोर्डमा मेरो नाम इन्दुल लेखेर हातले उक्त कार्डबोर्डलाई माथि सम्म उचालेर मलाई लिन आएको  ब्यक्तिलाई मैले देखेँ । मेरो मनले सहजताको अनुभव गर्यो । मलाई लिन उभिएका ब्यक्तिको पहिरन अति सामान्य भन्दा पनि सामान्य रहेछ । मैले उक्त ब्यक्तिलाई सामान्य एक कर्मचारी वा डाइभर मात्र होला भनि अनुमान गरँे । उनले मलाई डो¥यार उनको पछि पछि लगे अनि मलाई एक मोटरमा राखि लग्यो ।
    बाटाको दृष्यहरुमा जापानले गरेको यातायात क्षेत्रको प्रगति, दायाँ बायाँ हरिया साना साना पहाडहरु, सडक सिधा चौढाई भएको बाटोमा गुडी रहेको थियो । म रमाउदै मेरो देशको पनि यस्तो दिन र विकास होला भन्ने कल्पना गर्दै हामी अगाडि बढ्दै रह्यौं । उक्त डाइभर मेरो बिच वार्तालापको क्रममा ती ब्यक्तीको बौधिक प्रस्तुतीले उ सामान्य मान्छे रहेनछ भन्ने मलाई लाग्यो उनी त बिभागिय प्रमुख रहेछन् । जापानीजहरुको सादा जीवनर उच्च बिचारको अनुभव बतुल्दै पुनः एक पल्ट यस्तै प्रकारको मेरो देशको कल्पना मेरो मनमा उठन थाल्यो । उसले मलाई एउटा पाँच तारे होटलमा लगेर रात बिताउन र खाना खाने ब्यवस्था उसैले मिलाई दियो ।
    भोली पल्ट बिहानको ७ बजे उहि हिजोको ब्यक्तिले मलाई लिन आई पुगे । करिब एक घण्टाको ड्राईभमा जापानको चुकुवा विश्व विद्यालयमा पु¥यायो जहाँ मेरो दुई हप्ताको कार्यक्रम थियो । मैले ड्राईभर भनि थानेको ब्यक्ति त्यत्रो उच्च वहडाको ब्यक्ति रहेछन भन्ने थाहा पाए पछि बाहिर अरुले थाहा नपाए पनि मेरो मन भित्र भित्रै लजाएको थियो ।
    युनिभर्ससिटीको कन्फ्रेन्स अवढि भित्र औपचारिक, बैचारिक तथा अनुभविय आदान प्रदानत थियो नै जो भविष्यमा आ–आफ्नो देशमा फर्किए पछि आफ्नो कार्यक्षत्रमा यसले ठूलो उपलब्धी दिलाउने  छ भन्ने कुरा यस कार्यक्रमको सफलता हो । कार्यक्रममा नै जापानको विभिन्न क्षेत्रहरु जापानको राजप्रसादको दृष्यालोकन, टोकियोको टि.भी. टावर आदि समेत दृष्र्यावलोकन पनि गर्यौ ।

३) स्वाद बेस्वादमा परिणत भएको त्यो क्षण
    भ्यागुटाको पनि परिकार हुँदो रहेछ । एक दिन बेलुका हाम्रो सम्मानमा रात्री भोज कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ टेवुलमा बिभिन्न प्रकारका खाद्य परिकारहरु पस्किएको थियो । आ–आफ्नो रुची अनुसार सबैले खाने नै भयो । तर एउटा अचम्मको विषय के हुन आयो भने त्यहाँ भेला भएका धेरै जनाको रुची एउटै परिकारमा रहन गयो । चिकेन लेग (कुखुराको साँप्रो) भनि सबैले खुब स्वादमानि थपि थपि खायौं र त्यो कुखुराको साँप्रो परिकारलाई सराहना गर्यौ । अन्त्योत उत्तसाहित भएर हामीलाई सेवा प्रदान गर्ने ब्यक्तिलाई यो कुखुराको साँप्रो त धेरैनै स्वादिलो रहेछ भन्यौं । सेवा प्रदान गर्ने ब्यक्तिले मुस्कुराउँदै भने यो स्थानीय जापनीज कुखुरा फर्मबाट ल्याएको होइन । यो फ्रान्सबाट झिकाइएको हो र त्यो पनि यो कुखुरा मात्र नभएर जल कुखुरा हो । त्यो कुरा सुनि रहन्दा हामि नेपालमा रहँदा सिंगै कुखुराको सिकार गर्न गएको कुरा सम्झना गरिरहेँ र सिंकेकुखुरा जस्तै जल कुखुरा पनि हुँदो रहेछ भन्ने नयाँ ज्ञान पाएकोमा खुशि हुँदै गर्दा अकस्मात एउटा बिस्फोर्ट हुन गयो तर त्यो बिस्फोट भौतिक नभएर मानसिक थियो । अनुमान गर्न सक्नु भयो वा भएन त्यो मानसिक बिस्फोर्ट जल कुखुराको साँप्रो भनि स्वाँद लिई लिई आएको बस्तु त भ्यागुटो पो रहेछ ।                    
समाप्त
 

Comments