भक्तपुर खानेपानीको यस्तो लापरबाही आखिर कहिलेसम्म ?
जेठ १३, २०८२, मङ्गलबार | विहान ०७:२८ बजे
कार्यालय सङ्घ संस्थाका कार्यरत कर्मचारीहरूको लापरबाहीले बदनाम हुन्छ । यसको कारण जनताले दुःख पाउँछन् । हरेक कार्यालय सङ्घ संस्थाका कार्यरत कर्मचारीहरू राष्ट्र सेवक हुन् । कर्मचारीहरूको मूल्यमान्यता तिनीहरूको इमानदारीतामा भरपर्छ ।
गएको जेठ ५ गतेको घटना थियो । काउखालि भक्तपुर शाखाका कर्मचारीले आफ्नो जिम्मेवारीअनुसार ग्राहकहरूको घर घरमा आई मिटर जाँच गरी बिल काटे । त्यो दिन मिटर जाँच गर्ने कर्मचारीले मिटर जाँच नै नगरी हचुवाको भरमा बिल काटेर छोडे । त्यो घरमा भने पानी नआएको माघ महिनादेखि नै थियो । पानी ट्याङ्कीबाट पानी किनेर खाइराखेको अवस्था थियो । जेठ ५ गते मिटरको बिल हेर्दा अचम्म भयो । जेठ ६ गते ट्याङ्करबाट पानी ल्याइयो । ७ गते काउखालि भक्तपुर शाखामा बुझ्न जाँदा मिटरको कालो अङ्क टिपेर ल्याउनु भनियो । सोहीअनुसार घरमा आई मिटर हेर्दा बिल र मिटरमा ९५ युनिट बढी देखियो । त्यसैबेला मिटर जाँच गर्ने कर्मचारी पनि आइपुगे । यो बिलमा किन लापरबाही गरिएको, राम्ररी हेर्नु पर्दैन ? माघ महिनादेखि आजसम्म पानी ट्याङ्करबाट किनेर खाँदै छु† धारामा पानी एक थोपा आएको छैन भने । उनले मिटर हेरेर अङ्क टिपेर लगे । भोलि नै यसबारे रिपोर्ट दिई मिलाउला† मेरो गल्ती भयो आवेगमा नआउनु तपाईँलाई म सकेको सहयोग गर्छु भनेर गए । ८ गते पनि कार्यालयमा रिपोर्ट पेस गरेको रहेनछ । मिटरको अङ्क टिपेर वास्तविक अङ्क टिपेर लगेको देखाउँदा मोबाइलबाट फोटो खिचेर ल्याउनु अनिमात्र आधिकारिक हुन्छ भनियो । सोही सल्लाहबमोजिम ९ गते कार्यालयमा फोटो देखाएँ । मिटर जाँच गर्ने कर्मचारीले ११ बजे घरमा आई सल्लाह गरी मिलाउला भनेर आश्वासन दिए । तर, ९ गते १२ बजेसम्म कुरिबस्दा पनि आएनन् । १ः०० बजेतिर आएर ३ः०० बजे आउने भनेर गए । ३ः०० बजे पनि आएनन् । ५ः०० बजेतिर तपाईँको रिपोर्ट दिइसकेँ अब पैसा तिर्न ११ गते ११ बजे कार्यालयमा आउनु भने । कर्मचारीलाई १५, १६ कल गर्दा पनि फोन उठाइएन । त्यसैबेला १ः१५ बजे उजुरी फारम भरी प्रक्रिया मिलाई दर्ता गरिसकेपछि आइपुगे । उजुरी फारममा दस्तखत गरी गल्ती सच्याइ तिरो तिरे । गैरजिम्मेवार कार्यले अनाहकमा पीडितले तीन दिन कार्यालय धाउनु प¥यो । मान्छे भएर गल्ती हुनसक्छ जानेर या नजानेर । अन्जानले गल्ती भएको हो भने यो समयमै सच्याउनुपर्छ । सर्वसाधारण जनतालाई दुःख दिनु राम्रो नियत होइन । सुझावलाई पालना गर्नु बुद्धिमानी हुनेछ । एक पीडित