कमलविनायकमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ्य जीवन प्रवद्र्धन कार्यक्रम सम्पन्न
जेठ १२, २०८२, सोमबार | विहान ०४:१४ बजे | 25
भक्तपुर । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कमलविनायक भक्तपुरको आयोजनामा सोमबार भक्तपुरमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ्य जीवन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चिकित्सालयका प्रमुख, भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, भक्तपुर नगर स्वास्थ्य प्रमुख डा रत्नसुन्दर लासिवालगायतले नसर्ने रोगको विषयमा चर्चा गर्नुभएको थियो ।