परीक्षा नजिकिदै छ है....
जेठ १०, २०८२, शनिबार | विहान ०७:४७ बजे | 45
कुमार लघु, ख्वप
भाइवहिनीहरू नमस्कार,
आज जेष्ठको दोश्रो हप्ताको १० गते शनिवार । दिनले स्कूल स्कूलमा करिव ३५ दिन स्कुल चलेको अनुमान हो । अब दुई हप्तापछि मध्य परिक्षा आउने वेला छ । त्यसैले शिक्षकले र विध्यार्थीले परिक्षाको निम्ति तयारी अवस्था रहनु वेला भैसकेको छ । अझै कति आमाबुबाको कम आम्दानीका कारणले किताब नकिनेको होला । मेरो अनुरोध छ, अभिभावक वर्गलाई कृपया नानीबाबुहरूलाई किताब पूरा किनी दिनुहोस् । साथै लोकल सरकारले पनि अलग पाठ्यक्रम राखेको पाइयो ।
अझसम्म स्कूल स्कूलमा पुस्तक आई नपुगेको र कतिपय स्कूलमा शिक्षक शिक्षिकाले नै पुस्तक नपाएर कोर्स अगाडि वढाउनलाई अप्थारो महसूस गरिरहेका छन् । स्थानीयले पुस्तक उपलव्ध विध्यार्थीहरूलाई गर्नु पर्ने देखिन्छ । बल्ल विध्यार्थीले भनेपछि शिक्षकले पुस्तक पाएको अवस्था छ । एकतिर पहिले पढाउनु भएको शिक्षिकाले पाठ नै सुरू नगरेको कतिपय स्कूलमा जानकारी हुन आएको छ। मेरो भनाई शिक्षक शिक्षिकालाई भन्दा विध्यार्थीलाई पुस्तक उपलव्ध हुनु पर्ने देखिन्छ। यो भयो स्थानीयले जानकारी राख्नु पर्ने कुराहरू । ठिकै लाग्यो स्थानीयले पुस्तक राखेर स्कूल पढ्ने विध्यार्थीहरूलाई स्थानीय ज्ञान नलेज रहनहन साँस्कृति सभ्यताको जिल्लाको स्थिति क्षेत्रफल पेसा बालिनालि उत्पादन गर्ने पहिले कस्तो थियो ,अहिले कस्तो परिवर्तन भयो भन्ने साधारण ज्ञान दिने मनसायले पाठ्यक्रम तयार गरेको जानकारी भएर पनि पुस्तक उपलव्ध नहुनु कहाँनिर के भएर उपलव्ध नभएको हो? यथा शाक्य छिट्टो भन्दा छिट्टो पुस्तक विध्यार्थीले आफ्नो हातमा पाएको भएर सुनै पाएको र पढेर ज्ञानलाई फराकिलो पाउने अवसर हुन्थो।
विध्यार्थीले परिक्षालाई तमतयारी गर्न पाउने थियो । लौ त भाइ बहिनीहरू ,अब यो कुरा स्थानीयले सम्वन्धित निकायले प्राप्त भै सकेपछि चाँजापाजो मिलाएर आर्को वर्षमा त किताब तयार हुने आसावादी होऔ।
हुन त मलाई याद छ खाने मान्छेलाई जुँगा छेक्दैन रे है । विध्यार्थी लगनशिल भएर शिक्षक शिक्षिकाले दिएको पाठले पनि विध्यार्थीहरू अगि वढ्ने हो । शिक्षकले दिएको पढाइ र निर्देशनले मन लगाएर पढ्ने विध्यार्थीहरूलाई मनग्य खुराक पुग्छ । तर स साना भाइ बहिनीहरूलाई अलि अप्थारो पर्न वेर छैन् । यसले गर्दा आमा वुबाले पनि सहयोग गर्नु पर्ने देखिन्छ। शिक्षकले के गरे कुन किताब शिक्षक शिक्षिकाले पढाए पढाएन विध्यार्थीसित सम्पर्क गरि रहनु नै आमा बुबाको कर्तव्य हो ।
शिक्षकसित सम्पर्क गर्नोस् अब पढाईको लागि तयार रहनुस् । विध्यार्थीहरूले पढ्ने चाहाना गर्नु पर्छ। शिक्षकले जसरी नि विध्यार्थीलाई स्थानीय पाठ्यक्रमको वारेमा प्रशिक्षित गराउनु हुनेछ। हरेक विषयमा चलाख र सिपालु प्रशिक्षक राखेको हुन्छ। कतै के भएर कसो भएर पढाई हुन धिलो भयो के ले गर्दा सुचारू नभएको हो । थाहा लिनुस् । विध्यार्थीलाई त्यो विषयमा काउसेलिङ्ग गर्नेछन् ।
भाई बहिनीहरू यसैलेमा यस्ता कुराहरूमा प्रिन्सिपललाई थाहा दिन पर्छ । कक्षा शिक्षकलाई भन्नुपर्छ । यहाँ कक्षामा क्याप्टेन ,भ्वाईस क्याप्टेन राखेको होला आफ्ना दौतरीलाई भन्नुपर्छ । अनि समस्याको निदान हुनेछ । स्कूल असल र मेहनती विध्यार्थीहरू वनाउनलाई हरेक शिक्षकहरू विध्यार्थीसित नजिक सम्पर्क हुनुपर्छ । अनि मात्र स्कूल चलाउनेले हरेक कुराहरू इन्चार्ज,कक्षा शिक्षक, अभिभावक र विध्यार्थीहरूसंग जिवित सम्पर्क गरि रहनुपर्छ । आराम नलिने र स्कूलको जिम्मा लिने इन्चार्ज, कक्षा शिक्षक,विध्यार्थी ,अभिभावक र प्रिन्सिपल जिम्मेवार छन्। ती तप्काका वर्गहरू विचमा समन्वय जारी राख्नुपर्छ ।
हप्ता हप्तामा के छ कस्तो भैरहेका छन् भनेर प्रतिक्रिया सम्वन्धित निकायले लिने जर्मको हुनुपर्छ।
आजको शनिवारमा अभिभावक र विध्यार्थीको विचमा स्कूलको प्रगतिको विचार विमर्श हुनुपर्छ भन्दै तपाईहरूको माझवाट विदा हुन्छु। धन्यवाद ,
२०८२÷२÷१० क्बतगचमबथ .