जव मलाई केटी दिन आए ....
जेठ ९, २०८२, शुक्रबार | दिउँसो १२:४८ बजे | 20
कुमार लघु, भक्तपुर
भाइबहिनीहरू नमस्कार
तिमीहरू आमा बुबा हुने समय आउने छ । अनि थाहा पाउला ! के हुन्छ ? सुख होला, दुःख होला । समय आएपछि थाहा लिने छौ । आज यसैको वारेमा चर्चा गर्न लाग्ने छु ।
आज मन खुसीले रमाएको छु । मैले नेपालको जन्मभूमिमा अवतरण गरेर बाल वालिकावाट लेखपढ गरि जवान भए रमाए । एवम् किसिमले लक्का जवान भए छु । मेरो आमाले सन्तान जन्माउदै गर्दा बहिनीहरू युवतीहरू देखियो । बहिनीहरूको पनि विवाह गर्ने समय आइसकेको थियो । अपर्झत एक दिनको कुरा हो । तिमी पनि जवान भयो । बहिनीहरूलाई पनि अर्काले माग्न आयो । ल तिमीले मनपराई राखेको कोही केटी छ ? विवाहको कुरो आयो भनेर आमाले मलाई भन्नुभयो । म त्यसै छानावाट खसे झै भयो । एकान्तमा सोच्न थाले ।
म त ४२–४३ सालमा कलेज पढ्दै थिए। मनमा विवाह गर्ने कुनै विचारको फडको उव्जेको थिएन् । हिजो सोधियो । फेरि दुई दिनमा सोध्छु भन्नू भयो । मलाई त आपत् आई लाग्यो कोही कसैलाई आँखाले हेरेको पनि थिएन् तर उतिकै वेला एक जना मेरो छिमेकिले म काठमाण्डूवाट फर्के आराम गरि राख्दा हेलो हेलो भन्यो। मैले कानले सुने हजुर भने । यता सुनुस् म त तपाईसित आउने भनेर भन्यो। म अकमकिए किन भन्दा म त तपाईसंग आउने भन्छन् । ए एकलैले केही भने कुरा आँट आएन। मैले आमालाई वृतान्त सुनाए ल त्यो त हुन्छ बाबू भन्नू भयो वेुलका नै मैले उनीलाई जवाफ दिए।
अब सुरू भयो काहानी । विहान वेलुका उसका आमा बुबा नहुने वेलामा आँखा जुधाउने कार्य अगि बढे ल हेर्नुस् । महिनौ कुराकानी के गर्ने कसो गर्ने कता जाने कसरी भगाउने ? आदी इत्यादी उसका र मेरो विचामा छलफल हुन थाल्यो । कहिले काहीँ उ नै म वस्ने घर कोठामा उ नै अगि सरी आउन थाले म त जिल्ल परे । ए छरछिमेकले देखे के भन्नला जस्तो मन कुरा खेल्न थाले ।
यसो समयले विट् मार्दै जान थाले । केही वेर वसेर कुराकानी हुन्छ जाने आउने हुन थाल्यो । आउने जाने गर्नाले छर छिमेकले थाहा पाउदै आए । खासखसु हुन्दै एक अर्कामा कुरा फैलिन थाल्यो ।
मेरो पालो अब त आउने वेलामा फर्केर नजाउ भने । बैस त पुगेकै हो । मेरो पनि ठिकै छ उसका आमा बुबालाई पनि उसले भनेको होला । एकदिन फर्कन दिईन। कोठामा उसलाई राखेर म बाहिर काममा जाने गर्थे । चार दिन वित्यो । ४ दिन वितेपछि आमा बुबा वसेको घरमा बदार कुदार गर्न पठाए मैले पु–र्याएर आफू वस्ने घरमा आए । उसका आमा बाबाले खोज्न आएन् । त्यसरी मेरो मेरो श्रीमतिको श्रीमान् वन्ने अवसर जु–र्यो ।
श्रीमती माईत जाने कोशिश हुन्थो । मेरो घर र उसकी घर जोडेकै थियो। एक जमाना माईतीमा धान काटेर मेशिनले चुट्न बिेको रहेछ । मलाई एकजना छिमेकी काकाले ए कुमार तिम्रो ससुराको धानकाटेर चुटि राखेको छ । यही वेला हो जाऊ सहयोग दुवै जना जाऊ । त्यसरी भनेपछि मर उ संगै गयौ मेशिनले दिनभरी धान कुटेर सकाए ।
खाजा खाने वेला भयो। खाजा मज्जाले खाए । धान भरेर भोटेहरूलाई बोकाई घर आँगनमा पु–र्याए। वेलुका घर आई खाना खाए श्रीमती मेरो घरमा आए यही त्यो दिनको दिन वित्यो ।
४०–४१ सालतिरको कुरा हो । मेरी भन्ने जेठी श्रीमतिवाट जेठो छोरो जन्मियो । जेठो छोरो जन्मेपछि परिवार खुसी भयो।
आजलाई यहि विश्राम गर्न चहान्छु। लेख पढेर अरूलाई शेयर गर्नु होस् ।
२०८२÷२÷०९