अनुशासन गहना अनि संस्कार सभ्यता हो


जेठ ९, २०८२, शुक्रबार | दिउँसो १२:१५ बजे | 30


अनुशासन गहना अनि संस्कार सभ्यता हो

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, वार्षिक परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि एवं वागीश्वरी मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले ‘अनुशासन हाम्रो गहना, संस्कार हाम्रो सभ्यता हो’ बताउनुभयो । वागीश्वरीमा पीजीदेखि स्नाकोत्तर तहसम्म अध्ययन गर्न सक्ने वातावरण रहेको जानकारी दिनुह“ुदै वागीश्वरीमा रहेका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आÇना सन्तानलाई यस विद्यालयमा अध्ययन गराई विद्यालय प्रगतिमा सामूहिक प्रयास गरि समाजमा उदाहरणीय भएको वताउनुभयो । विद्यालय जीवन स्वर्मिम वनाउन वागीश्वरी मा.वि.ले थप साथ दिई विद्यार्थीहरुको उज्वल भविष्य निर्माणको गन्तव्यका रुपमा विकास भएकोे बताउनुभयो ।  
अभिभावको विश्वास, विद्यार्थीहरुको अनुशासन, शिक्षकको दक्षता र व्यवस्थापनको कुशल व्यवस्थापनले विद्यालयले सफलता प्राप्त गरेकामा सबैलाई आभार व्यक्त गर्नुभयो । 
कार्यक्रमका अतिथि तथा शिक्षा विकास निर्देशनालय हेटौडा, वागमती प्रदेश योजना प्रमुख पवित्रा तिमल्सिनाले सरकारी विद्यालयहरुमा विद्यार्थीहरु घटिरहेको अवस्थामा यस वागीश्वरी मा.वि.मा आकर्षक विद्यार्थीहरुको आगमनले प्रभावित भएको वताउनुभयो साथै नमूना विद्यालयले अध्यास गर्नु पर्ने विभिन्न अभ्यासहरु वागीश्वरी मा.विमा अनुसरण भई रहेकोमा खुशी व्यक्त गर्नुभयो । 
त्यसैगरी कार्यक्रमका सभापति तथा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले २०८२ सालमा पीजीदेखि कक्षा ९ सम्म ६४० जना नया“ भर्ना भएको जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरुले आचारसंहिताको पालना, सबै किसिमको परिक्षाको परिणाम, अभिभावहरुको उचित सुझाव तथा दक्ष शिक्षकशिक्षिकाहरुको सहयोगले वागीश्वरी मा.वि नमूना विद्यालय कायम रहेको बताउनुभयो ।  
कार्यक्रममा विद्यालय परिक्षा संयोजक मीना प्रजापति, विद्यालय इन्चार्ज तथा कार्यक्रम व्यवस्थापन समिति संयोजक विश्वराम प्रजापति, सरस्वती विद्यागृहका प्रधानाध्यापक गनुराज राई, विद्यार्थी प्रतिनिधि तर्फ  कक्षा ६ ‘ए’ र सोनिया शाही कक्षा ८ ‘ए’ले शुभकामना मन्तव्य दिनुभएका थियो । 
सांस्कृतिक कार्यक्रमका क्रममा विद्यार्थीहरुले १७ वटा प्रस्तुति दिएका थिए । 
 

Comments