ख्वप कलेजमा दुईदिने राष्ट्रिय सम्मेलन हुदै
जेठ ६, २०८२, मङ्गलबार | दिउँसो ०१:४२ बजे | 95
भक्तपुर । ख्वप कलेज भक्तपुरमा दुईदिने राष्ट्रिय सम्मेलन यही जेष्ठको ८ र ९ गते हुने भएको छ । ख्वप कलेजले अध्ययन अध्यापनसँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतीमा विशेष पहल गदै आएको छ । विगतका वर्षहरुमा ख्वप कलेजले ३ पटक राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको छ । अब हुने सम्मेलन ख्वप कलेजले चौथो पटक आयोजना गदै छ । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र शासन व्यवस्थामा नविनता” रहेको छ । यसै अन्र्तगत रहेर दुई दिने सम्मेलनमा ६० भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुदै छ । यस सम्मेलनमा अन्र्तराष्टिय अनुसन्धान कार्य पत्रहरु पनि प्रस्तुत हुने जानकारी सम्मेलनका सयोजक डा. राजकुमार प्रधानले दिनु भयो । यस सम्मेलनमा व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुल्ला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन संकायका डिन प्रोफेसर डा. अरहन स्थापितले किनोट स्पिच (प्भथलयतभ कउभभअज० दिनुहुनेछ । यस सम्मेलनको मुख्य आकर्षणको रुपमा दोस्रो दिन “ शासन पुर्नपरिभाषा ः दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय” विषयमा प्यानल डिस्कसन हुदैछ । यस डिस्कसनमा वरिष्ट कानुनविद डा. भिमाजुर्न आचार्य, त्रि. वि वाताबरण विभागका प्रोफेसर डा. रेजिना मास्के र बाग्मती विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकायका डिन डा गंगाराम विश्वर्कमा प्यानलिटको रुपमा हुनुहुन्छ ।
अनुसन्धान महत्वपुर्ण विषय हो । यसै माफर्त नै विकासका विmयाकलापको सुरुवात हुने गर्दछन् । शैक्षिक उन्नयनका लागी यस्ता सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने कुरा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठ बताउनु हुन्छ । यस दुई दिने सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका श्रदय अध्यक्ष वरिष्ट राजनितिज्ञ नारायणमान विजुक्छ ले गर्नुहुनेछ । ख्वप कलेज र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यो सम्मेलन हुदैछ ।