प्रचण्डलाई खुल्ला पत्र –२


जेठ ६, २०८२, मङ्गलबार | विहान ०२:०५ बजे | 85


प्रचण्डलाई खुल्ला पत्र –२

यज्ञ बहादुर कार्की 
गुण्डु ।                                                                                                                                       
समाजवादको पथप्रर्दशक भएको नाताले तपाईकोे त्यो भाषण सुनेर कुनै उदेक लागेन । न त आश्चर्य नै । किनभने यहाँ नामले खाने को के कमी छ र ? प्रधानमन्त्री स्वंयम जनतासंग
जालझेल गर्दछन । फेरी राजनिती कसका लागि गरेका हुन म बुझ्दिन । माकुरालाई उसका बच्चाहरुले खाए झै भएको छ । बस यही हो यथर्थता । टिक्छ कति दिन यसरी र ? उसका पछाडी (ऐमालेका )“ सही मानिसहरुको जमात कति छन ? न सही मानिस छान्ने उसको सामथ्र्य नै छ । त्यो त अब कंग्रेसको पनि त्यस्तै  हो । भोलिका दिनमा उ कंग्रेस हो या कम्युनिस्ट हो भनेर छुट्टाउन गाह्रो पर्छ । यो असर २०८४ मा झनै पर्ला ।
कंग्रेसलाई घटने भोट र ऐमालेलाई घटने भोट जाने ठाउँ कहाँ ? यसैको दाउपेचमा रा .प्र. पा लाई चिठ्ठा पर्न जाने आशा चाहिँ उसले लिन खोज्नु पनि अनुचित हुदैन । त्यसैले उ पनि ठुलै नामको पछाडी  दौडेको छ ? नत्र ऐजेण्डा खै उसको ? बुझे भै हाल्यो । अरु केही छैन उसका बारेमा भन्नू । उ पनि यही लोकतन्त्रमा बिधीवत खोलीएको राजनितीक दल यतिमात्र हो र पहिलेका पंञ्चहरु तिनै त हुन जो त्यस दलमा छन । ठुलो नामको पछाडि लागेर ठुलै फल पाइएलाकी भनेर दौडेका हुन । त्यो पनि अनुचित न भनौ । यस भन्दा बढी भनेर उसलाई हिरो बनाईदिनु छैन । अब चाहिँ जसरी बि. पि को बहुदलीय संवैधानिक राजतन्त्र अपरिहार्य छ भन्ने उनको सैद्वान्न्तिक अआधारका पछाडीका चाहिँ बृहत राजनैतिक धरातल मजबुत बन्ने दर्शन पनि थियो । राजालाई हामीमात्र बचाउन सक्दछौ अरुले सक्दैनन भन्ने वहाको दृढता थियो । राजा नहुदा प्रजातन्त्र कसरी धरापमा पर्छ, त्यो चाहिँ अहिले पुष्टि हुँदै आयो । त्यसैले त्यो बचाउनलाईृ, किसनुजी, गणेशमान र गिरिजासमेतले गहिरिएर बुझेका थिए र लागिपरेकै हुन । जहाँसम्म मजवुतीको कुरा थियो, ठुलैहरुले ठुलै गेम खेलिदिएका हुन । त्यस्मा उनीहरुको जेजे राष्ट्रिय स्वार्थ गाँसिएको छ, थियो यहाँ उल्लेख गरिरहनु समय, काल परिस्थिति अनुकुल देखिन र उचित ठानिन  ।
जहाँसम्म समाजवादको कुरा छ स्वर्गिय. बि. पि .को त्यही ठोडाबहुत नीतिलाई समातेर महेन्द्रले ११ बर्ष राज्य मजबुतीले चलाए । जब बाकी सिद्वान्तको खोज भयो, महेन्द्रले पनि बि.पि. लाई नै संम्झ्नामा लिए । त्यो उनीहरुको लडाई शक्तिको लागि थियो भन्ने दुवैलाई ज्ञान थियो । त्यो मान्यतामा जनता जता हुन्छ उतै शक्ति हुन्छ भन्ने थियो । त्यसैले समाजबाद अधि सारिन खाजियो । समाजवादमा न न्याय पिरोलिन्छ न जनता ? त्यो कस्तोमा बढी मौलाउदछ त्यो बिषय बि. पि. ले खोजेको नाजायज हो र ? त्यसैले प्रचण्ड न समाजवादी देखिन्छन् न कम्युनिष्ट । दुवै धार नहुदा पनि ईमोशनल ईम्प्रेशनका झिनो आधारले मात्र टिकेका हुन, अन्यथा बिकाशका चरम अबस्थामामा लाने आधारहरु चाहिँ  के के हुन ? उनले भन्न सके अलि राम्रै मानौला ल त ........।
 

Comments