प्रचण्डज्यूलाई मेरो खुल्ला पत्र १


जेठ ५, २०८२, सोमबार | विहान ०२:२१ बजे | 75


प्रचण्डज्यूलाई मेरो खुल्ला पत्र १

यज्ञबहादुर कार्की 
“नेपाली जनता अब पछाडि फर्कने छैनन“ भन्ने प्रचण्डको ओ.टि. भि.नेपाल डटकमबाट सम्प्रेशण भाषणप्रति मेरा केही कमेन्टहरु म यहाँं लेख्दैछु । प्रथमतः यो स्वस्थ आलोचनामा पर्छ नै । यो मरो कमेन्टको सफाई हो ।
प्रचण्डजी हरेक मानिसका हरेक कार्यमा आक्रोशित भएर आफ्ना विचारहरु शैलीशैलीबाट अभिव्यक्त गर्ने यहाँ धेरै छन् । म पनि बेलाबखत त्यस धेराबाट बाहिर छैन । प्रचण्डजी यो ४० बर्षमा म अझै निराश भने छैन । थाह छ मलाई यहाँ कस्ता मानिसहरुले सम्मान शक्ति पाएका छन् भनेर । कस्ता मानिसहरु अपमानित र शक्तिहिन भएका छन् भनेर पनि । त्यसैले पहिलो कुरा त ठिक मानिस ठिक ठाउँमा यहाँ हुनै सकेन । त्यसका बाध्यता र लाभहरु जे हुन्, त्यो सिस्टमकै लागि हानिकारक चाहिँ हो ।
तपाईकाबारेमा व्यक्तिगत रुपले भन्नुपर्दा फ्रस्टेशनबाटै राजनीतिमा फडको मार्न सफल चाहिँ तपाईं हो नै । यी भए तपाईका मनोवैज्ञानिक मेरो अनुमानको कुरा । अब हेरु अरु नेताहरुका पनि कुरा । ती भिन्नभिन्न प्रकारका छन् । स्यंय बि .पी .का सुपुत्रहरु पनि बि. पि का सपनालाई साकार पार्ने सुझबुझका देखिदैनन् । किन हो मैले बुझेकै छैन । सबैका आआफ्नै छन्, सबै न कोट्याँउ ।
तपाईंको हरेक पटकको भाषण वा विचारमा ईन्टुलेक्चल ईम्प्रेशन छदैछैन । त्यसैले शुद्व नेपाली बौद्विक समुदाय (भाट बौद्विक बाहेक) प्रभावित भएनन् । हो ईमोशन्र्ली म्प्रेशन भने पार्न जान्न सक्नुहुन्छ तपाई । मैले त्यो बुझेको छु । तर त्यसबाट देश कदापी उँभो लाग्न सक्दैन । विचार पु¥याउनु होला । ईतिहाशमा त्यस्ताको नाम कसैले सम्मानपुर्वक लिईएको पाईन्न । न त गर्वले लेखिन्छ नै । हो सत्ता र शक्तिमा रहदासम्म केहिले (अवसरबादीहरुले) प्रशंसा गर्लान् । त्यो त देखिएन र हिजोको निर्दलियतामा पनि त्यसैले कम्युनिस्टको मेनीफेस्टो के हो ? र उसको समाजवादी धारणा चाहिँ कस्तो ? के हो त्यो कहिले बताउनुभयो ? तपाईले त्यो बताउन सक्नुभएन भने पनि म आश्चर्यचकित छैन । किनकि स्वंयम तपाईं कम्युनिस्ट सिद्वान्तलाई फलोअप (व्यवहारमा उतार्न) गर्न सक्नुहुन्न । कारण अहिले तपाई जे पोजिसनमा हुनुहुन्छ, त्यसैले वोल्दछ, भनिरहनु पर्दैन । हो कस्तो छु के छु आफै हेर्नू होला । र आम जनताका लाखौं आँखाले हेरिरहेकै छन, देखिरहेकै छन, भनिरहनुको कुनै औचित्य छैन । 
बास्तबमा तपाईं कम्युनिस्टको विचारलाई सिद्वान्त तदअनुरुप व्यवहारमा लान सक्नुहुन्न भने माँझी र पौडी खेल्ने सिद्वान्त फलाक्ने डुंगामा सवार हुने पण्डितमा नदीमा डुंगा डुव्नलाग्दाको अबस्थाको हालतमा के फरक झै नै हो । हुन त त्यसका लागि देशको भौगोलिक मात्र हैन, सामाजीक र अन्य छिमेकी परिवेशले पनि त्यसमा कस्तो प्रभाव पार्छ ? भन्ने पनि त छ । यी सवलाई चिर्नसक्नु किमार्थ सानो वा चानचुने कुरो होइन र हालको अबस्थामा त्यसमा मद्दतगार पनि पाउन अत्यन्त कठिनाई पनि छ । मैले भनिरहनु परोइन । अःत त्यसैले अब तपाईं दलाल पुँजीवादको दलदलमा फसिसक्नु भएकै छ । त्यो चक्रव्युह्मा लडने अभिमन्यु वरावरको हो नै । त्यसैले तपाईका समर्थकहरुले त्यति नै बुद्विजीवी, दुरदर्शी छदै छैनन । के गर्नु हुन्छ ? आफै विचारमा बुझेकै होला ? तब फेरि यी भुमिका र ठुला कुरा किन ? अझ झिनामसिना कम्युनिस्टको त व्यापार नै चलेको छैन । तपाईको पनि घटदो छ । हैन त ? म त समाजवादी पथप्रथप्रदर्शक हुँ । यी कुरा भने । ल अब यही भयो । क्रमशः......

Comments