विनायकमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत


जेठ ४, २०८२, आइतबार | विहान ११:४५ बजे | 45


विनायकमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

मध्यपुर ठिमी भक्तपुर मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८२ जेष्ठ ४ गते नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रमको आयोजना गरियो। शैक्षिक सत्र २०८२ सालमा हरेक कक्षामा केही सिटका लागि मात्र भर्ना लिइएका कक्षा १ देखि ९ सम्मका करिब ६३ जना विद्यार्थीहरूको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। नव आगन्तुक विद्यार्थीहरूलाई खादा टिका र मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आआफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरेका थिए। कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूले बलियो शैक्षिक इतिहास बनाइसकेको यस विद्यालयमा अध्ययन गर्ने अवसर पाएकोमा आफूहरू भाग्यशाली र गौरवान्वित भएको कुरा व्यक्त गरेका थिए ।साथै यहाँको शिक्षण विधि र पद्धति ,पढाइको वातावरण र अनुभवी शिक्षक शिक्षिकाहरूको अध्यापनबाट आफूहरू प्रभावित भएको कुरा समेत व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विनायकलाई विश्वास गरी आएका सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्दै प्रगतिशील सोचको रूपान्तरित एवं गुणस्तरीय शिक्षाका लागि विद्यालय सदैव प्रतिबद्ध रहेको कुरा बताउनुभयो।

Comments