वागीश्वरीका विद्यार्थीहरुको सर्वेक्षण शिखरापुरमा
शिखरापुर, बैशाख । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षका सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र अङ्ग्रेजी विषयमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम दक्षिणकाली नगरपालिकास्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा सोमबार सम्पन्न गरे ।
कार्यक्रमका प्रमुख अतिथि शिखरापुर सामुदायिक सिकाइ केन्द्रका प्रमुख सल्लाहकार शशी शर्मा अर्यालले आजका विद्यार्थीहरु सकारात्मक बनेर राम्रो उद्देश्यको लागि सपनादेखी राख्नु पर्ने आवश्यकता औ“ल्याउनुभयो । साथै समुदायको हितको लागि वागीश्वरी कलेज र शिखरापुर सामुदायिक कलेज सगोत्री हुन सकेको प्रसङ्ग उठाउनुभयो ।
सो सिकाइ केन्द्रका निर्देशक एवं स्रोत व्यक्ति निरोज श्रेष्ठले सही सोच, नवप्रवर्तन, समर्पण, असल अभ्यास र निरन्तर मेहनत नै सफलताको कडी हुने बताउनुभयो ।
कार्यक्रम प्रशिक्षक मंगलेश्वर ध्वजूले स्नातक तह मानविकी संकायका विद्यार्थीहरु सो सिकाइ केन्द्रमा हालसम्म सातौं पटकको विविध कार्यक्रममा सक्रिय सहभागी भएको जानकारी दिनुभयो ।
विद्यार्थीहरुले विहान प्रसिद्ध दक्षिणकाली मन्दिर दर्शन गरेर वातावरण मैत्री बोतलका घरहरु अवलोकन गरेका थिए । अर्को सत्रमा सिकाइ केन्द्रका नया“ भवनको सभाकक्षमा अभिमुखीकरण कार्यक्रममा सहभागी भएर त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको टोली र युरोपियन विद्यार्थीहरुस“ग अन्तरसंंवाद गरेको थिए ।
सो एक दिने कार्यक्रममा विद्यार्थीहरुको चार समूहले प्रतिभा पलायन, फर्पिङको संस्कृति, शिखरापुर सामुदायिक सिकाइ केन्द्र र जीवनपद्धति विषयमा इखापोखरी टोलमा सामाजिक सर्वेक्षण पनि गरेका थिए । सर्वेक्षण पश्चात दिनभरको क्रियाकलापको सम्बन्धमा सिकाइ केन्द्रकै निशा बखुन्छेले सामाजिक नक्शा लेखनमा सहजीकरण गर्नुभयो ।
समापन समारोहमा कार्यक्रमको दौरानमा सिकेका कुराहरु विद्यार्थीहरु सुरुचि श्रेष्ठ र विनु खाइजूले प्रस्तुतीकरण दिएका थिए । र ग्रामीण विकासका शिक्षक सुशिला घजुले धन्यवाद दिएको सो समारोहमा समाजशास्त्रका शिक्षक अम्बर दली श्रेष्ठले कार्यक्रम संचालन गरेको थिए । २० विद्यार्थीहरु र ३ शिक्षकहरुको सो टोली किर्तिपुरको टौदह पोखरीको दृश्यावलोकन गरेर कलेज फर्केको थियो ।