एउटा स्कुल जहाँं विद्यार्थीको चौतर्फी विकासमा जोड दिन्छ....


2025-05-10 16:38:03

News Image

भक्तपुर । भक्तपुर नगरपालिकास्तरीय कक्षा ८ को परीक्षामा चार जीपीए ल्याउन सफल एकजना विद्यार्थी शनिबार पुरस्कृत हुनुभएको छ । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलकी छात्रा दीपशिखा उप्रेती पाँंच हजार नगदसहित पुरस्कृत हुनुभएको हो । 
उहाँलाई राष्टिय गानका रचयिता व्याकुल माइलाले पुरस्कार वितरण गर्नुभएको हो । नवआगन्तुक विद्यार्थीको स्वागतमा गरिएको कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल संगीता किवाछें वनेपालीले नौ कक्षामा मासिक शुल्क पनि निःशुल्क गरिदिने घोषणा गर्नुभयो । 
कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलका अनेक संसकारबारे चर्चा गर्नुभयोे । विषयवस्तु सानासाना भएको तर गम्भीर रहेको उहाँंको भनाई थियो । नमस्ते संस्कृति, जन्मदिन कोष, खल्तीमा हात नराखेर हिड्नेलगायतका संस्कृतिहरुलाई जोड दिंदै आएको उहाँंले बताउनुभयो । 
स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायतले चार जीपीए ल्याउनु मात्रै मुख्य विषय नभएको बताउनुभयो । उहाँले जीपीएसँंगै व्यवहारिक ज्ञान पनि हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा राष्टिय ज्ञानका रचयिता माइलाले घोकन्ते नभई जीवन उपयोगी शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि माइलाले जीवनमा जे सिक्छौं त्यो सवै जीवनमा उपयोगी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि शिक्षण विधिमा एकरुपता नभएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । तथापि घोकन्ते विद्या काम नलाग्ने उहाको भनाई थियो । 
ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृकार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य, गायन, उसु, धिमे बाजा, जिम्याष्टिकलगायतका विभिन्न प्रदर्शन गरी मनोरञ्जन दिलाएका थिए । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *