के हो श्रीहरि आरोग्य साधना ?
बैशाख २२, २०८२, सोमबार | दिउँसो ०३:३६ बजे | 190
चन्द्र हरि कायस्थ
तप -सेवा - सुमिरन साधनाद्वार रोगबाट मुक्ति - अखण्ड स्वास्थ्य थकानबाट मुक्ति - अखण्ड शक्ति चिन्ताबाट मुक्ति - अखण्ड आनन्द भए-अपमानबाट मुक्ति - अखण्ड ज्ञान वियोगबाट मुक्ति - अखण्ड प्रेम को प्राप्ति (यो पाँच उपलब्धि संसारको प्रति सत्य धारणा वा भगवानमा पूर्ण मान्यताबाट मात्र प्राप्त हुन सक्छ।) सत्य धारणा:- दबाइबाट राहत हुन्छ - रोगनाश हुँदैन l भोजनबाट वजन बढ्छ - शक्ति बढ्दैन l धन सामान खरिद गर्ने मात्र माध्यम हो - सुख दिने होइन l पुस्तकमा सूचना मात्र हुन्छ - ज्ञान हुँदैन l सम्बन्धमा कर्तव्य हुन्छ - अपनत्व (प्रेम) हुँदैन l पूर्ण मान्यता:- (*भगवान = प्रकृति, परमात्मा ,पञ्चतत्त्व ,युनिभर्स, God, विश्व शक्ति, जीवनी शक्ति(vital energy), जीवात्मा आदि इत्यादि तपाईँ जे अदृश्य शक्ति मान्नुहुन्छ l) भगवान - स्वास्थ्य,शक्ति, आनन्द, ज्ञान र प्रेमको अखण्ड भण्डार हो। शरीर, मन, बुद्धि, अहंकारको कारणले गर्दा, अशुद्धता-व्याकुलता- आवरण र प्रियजनहरूको कारणले (ढाकिएर) यो देखिँदैन। (जस्तो बादल लागेर को बेलामा सूर्य देखिँदैन।) तप- सेवा- सुमीरण- समर्पणको साधनाद्वारा उक्त खराब विकारलाई हटाएर मात्र शरीरमा -स्वास्थ्य इन्द्रियमा -शक्ति , मनमा -आनन्द , बुद्धिमा -ज्ञान र, अहममा प्रेमको उपलब्धि हुन्छ। अन्तमा विचार प्रधान-साधक आफ्नो साक्षी-चैतन्य अनुभव गर्नेछ। आवागमनबाट मुक्त हुन , भगवान-प्रधान साधक आफ्नो निमित्त मात्र अनुभव गरेर भगवानको धाममा प्रवेश गर्नेछ। के हुँ म...???!!! एउटा नाम राम छ जो अनाम छ, गुमनाम छ। सँगै छु जन्मदेखि ... हिँड्दैछु जन्मदेखि ... बस्दै छु जन्मदिन... ऊ मेरो अभिन्न मित्र हो। तर अफसोस मैले आजसम्म उसलाई देखेको छैन... उसलाई हरेक पटक म भनी सम्बोधन गर्छु... तर आश्चर्य कहाँ छु म .?! को हुँ म ..??!! के हुँ म...???!!! एउटा नाम राम छ जो अनाम छ। गुमनाम छ। -श्रीहरि
अध्यक्ष:- श्रीहरि सेल्फ रेलाइजेसनल फाउन्डेसन