भक्तपुरका दुई स्कुलहरुलाई दिनभर तनाब
बैशाख २१, २०८२, आइतबार | दिउँसो ०३:५६ बजे | 115
भक्तपुरका दुई वटा स्कुलहरुलाई आज आइतबार दिनभर तनाब भएको छ । जिल्लास्थित काठमाण्डू वल्र्ड स्कुल र चाणक्य स्कुल परिवारलाई तनाव भएको हो ।
आज आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको खवर बाहिरिएसँंगै दुवै स्कुल परिवारलाई तनाब वढेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित वल्र्ड स्कुल र मध्यपुर थिमि शंखधर चोकस्थित चाणक्य स्कुल परिवारलाई तनावले दिनभर छोएको हो ।
वल्र्ड स्कुलका विद्यार्थीको परीक्षा केन्द्र चाणक्य स्कुलमा परेको थियो । परीक्षा केन्द्र चाणक्यमा वल्र्ड स्कुलका विद्यार्थीले परीक्षा अगावै प्रश्नपत्र पाएको खवर सार्वजनिक भएको थियो । सार्वजनिक भएसँंगै भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतको टोली वास्तविकता बुझन् चाणक्य स्कुल पुगेको थियो ।
दिनभरको तनावपछि साँझ भने बल्ल दुईटै स्कुल परिवारलाई तनाबले विस्तारै छोडदै गयो । राष्टिय परीक्षा बोर्डले प्रश्नपत्र सार्वजनिक नभएको विज्ञप्ति निकालेर सार्वजनिक गरेपछि दुवै स्कुल परिवारले आनन्दको श्वास फेर्न पाएका थिए । त्यसपछि दुवै स्कुलले छुटाछुटै विज्ञप्ति प्रकाशित गरेका थिए । दुवै स्कुलले प्रश्नपत्र सार्वजनिक नभएको प्रष्ट पारेका थिए ।