आज दाउराकाबारेमा ...


बैशाख २१, २०८२, आइतबार | दिउँसो ०१:१७ बजे | 25


आज दाउराकाबारेमा ...

कुमार लघु, भक्तपुर

नमस्कार भाई बहिनीहरू आज जेठाेहरूलाई छोरा नातिहरूले गर्ने हिड्ने कामहरूको वारेमा भन् मन लाग्यो। हिजोको वर्षहरूमा उहाँहरूले गर्ने काम काज र गर्ने व्यवहार आजका छोरा बुहारीहरूलाई अलि कस्तो तल्लाे जातकोले गर्ने भने जस्तो लागेर आएकाे कुरा भयो भन्ने गुणासो पढे अफसोज एकदिन छोराले बेसरी झर्केर आईन्दा यस्तो नगर त्यस्तो नगर भनेछ । बुबालाई छाेरा बुहारीको व्यवहारले बुबा।चाहिनेले त्यो काम भए गरेन केही दिनमा ढलेर विरामी भएर यो संसार वाटविदा लिएर गएछ । पछि पश्चाताप गरेको लेखाइ हेरिए । अर्काको कुरा सुनेर यो त्यो कुरा भन्न हुन्छ हुन्दैन भने कुरा आफ्नो दिमागले सोचेर हेर्ने र गर्ने भन नहुने काम कुरा नभनेपनि हुन्छ है यो मेराे अनुरोध हो। पश्चाताप गरेर उसले लेखे पढे । हो सानाले ठूलालाई हप्काउने ठाडाेठाडो बोल्नु हुन्दैन् । त्यस्तै ठूलाले मिस्टेक गरेको भए सम्झाउनु पर्छ । धेरै चोटि भने वर्षदिनै भने भनेर हामी आफू रिसाउन हुन्दैन है । ठूलालाई मन पर्ने जुन काम हामीलाई मन पर्दैन् त्यही काम र जुन गर्न नहुने जस्तो काम नै गर्छन् । त्यसले समाज परिवारलाई फाईदा नै गरिरहेको हुन्छ । भनाै बूबाले दाउरा खेतवाट ल्यायो । अवको कालमा ग्याँस बाल्ने भएर पो दाउराकाे काम आएन त। भनाै रक्कसी पार्नलाई त्यो दाउराको काम आउँछ । बुबाले ल्याएको दाउरा वर्ष दिनमा जम्मा गर्नलाई ल्याएको दाउरा वेचेर पनि आर्थिक आर्जन गर्न सकिन्छ। स्वभाविक काम हो । मानिस भएर चुप लागेर वस्नु हुन्दैन् भनेर थाहा लिई राखेकोले नै छोरा नातिहरूलाई फाईदाको निम्ति नै काम गरेको हाे तर अहिले त्यस्को उपयोगिता काम भएर पो त । पहिलेका जुनसुकै व्यक्तिहरू खेत गोठमा गएर फर्किन्दा घरमा आउने बेला लठ्ठी दाउरा ल्याउन्थ‍ो। अहिले पो अच्मम मान्य‍ो । कुनै अच्चम मानु पर्दैन् । किसानको छोरोले पहिला खेत जाने वेलैमा दाउरा छ्वाली साग बोकेर ल्याउनलाई खर्पन बोकेर लग्छ र खालि नल्याईकन किसानले वर्षै दिन जिवनभर खर्पनमा केही न केही घरमा बोकेर ल्याउँछन् ल्याउठे । ग्याँस नभए के बाल्छन् होला ? ल एक पटक सोच्नुस्। म सानामा मेरा बा आमाले खर्पणमा विस्तारै साईकलमा ट्याकटरमा राखेर कोठा चोटाभरी दाउरा छ्वाली पराल बोकेर ल्याएर भात खाना पकाएर खानलाई सजिलाेकाे लागि वन्दाेवसत गरिन्थो। हाे मैले कति खर्पनमा डोकोमा ल्याएको देखेको हु। सुकुलढोका वजारमा नगरकोट साँखु र सिपाडाेल वाट दाउरा डोकोमा राखेर वेच्न ल्याएको देखेको थिए। कति मध्यम वर्गले विहान वेलुका खाना पकाउनलाई दुई ,चार ड‍ोको किनेर राख्थो। दाउरामा खाना पकाउने कति मीठो हुन्थो । अब कहिले काहीँ वनमा गएर दाउरा बालेर खाना खाजा पकाई पिकनिक खानुस् अनि दाउरामा पकाएको खानाको स्वाद थाहा लाग्छ । अहिले मानिसहरूले अर्गानिक खाना मन पराए जस्तै दाउराको चुलु खोजि खोजि खाना खान जानेहरूको लर्को चलेको छ। भाई बहिनीहरू त्यसैले कसैले दाउरा बोकेर बाजे बजैहरूले ल्याएमा आश्चर्य मानु पर्दैन् । गाउँ घरमा आजकल कति घरमा वन जङ्गल गई दाउरा ल्याई चाङ्ग ल्याई चाङ्ग पारिराखेको देखेको छु। हेर्नुस् भाइ बहिनीहरू मानिस जलाउन दाउरा चाहिन्छ छ्वालि र पराल चाहिन्छ नभए त अर्कासित भने जति पैसा तिरेर लास जलाउन्छन् । दाउरा अति आवश्यक छ । विना दाउरा लास जलाउन सकिन्दैन् । दाउराको उपयोगिता थाहा लिऊ । साथी भाईसित पनि दाउराको उपयोगिताको वारेमा सुझवुझ गराै । कुनै ठूलो भोजभतेरमा दाउराले नै खाना पकाईन्थो । दाउराले पकाएको खाना वास्नादार र मिठो हुन्छ । अहिले पनि ठूल्ठूला भट्टीहरू दाउराले चलाएका छन्। स्वदेसी दाउरा बालेर खाना पकाई खाएकाहरूसित शक्ति बल संचय भएकाछन्। स्वदेशका ग्याँस किन्न नपरेको भए आफ्नो देशको पैसा आफ्नै देशमा आम्दानी हुन्थो अहिले ग्याँस किन्न पर्ने भएर हाम्रो पैसा सबै चारत जान्छन् । अनि हाम्रो देश किन कङ्गाल नहुनु त । आफ्नै स्वदेसी वस्तु प्रयोग गरेको भए ग्याँस किन्ने पैसा घर घरमा वचत हुन्थो । ल होकि होईन ? सोच्ने वेला हो । लाै भाइ बहिनीहरू यो जानकारी पढेर के फाईदा छ के बेफाईदा छ मलाई लेखर पठाउनुस् । आजलाई यही विसर्जन गर्दछु । नमस्कार विचार र प्रस्नहरू गर्नस्। धन्यवाद ,२०८२/१/२१

Comments