पुराना र प्रयोग भइसकेको प्रश्नपत्र आउट भएको हो ः बोर्ड 


बैशाख २१, २०८२, आइतबार | विहान १०:१३ बजे | 135


पुराना र प्रयोग भइसकेको प्रश्नपत्र आउट भएको हो ः बोर्ड 

भक्तपुर । राष्टिय परीक्षा बोर्डले आइतबार परीक्षा अगावै सार्वजनिक भएको भनेको प्रश्नपत्र पुरानो र प्रयोग भइसकेको जनाएको छ । घटनाबारे आइतबार दिउँसै प्रस विज्ञप्ति प्रकाशित गरी बोर्डले प्रश्न पत्र आउट नभएको दावी गरेको हो । 
विज्ञप्ति
राष्ट्रिय परीक्षा बोर्डद्वारा आज मिति २०८२÷०१÷२१ गते बिहान ८ः०० बजेदेखि सञ्चालित कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र शान्तिपूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यू र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्ने उपर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुहुन सम्पूर्ण परीक्षार्थीहरूलाई अनुरोध गरिन्छ । परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुरÞ्याउने गरी यस्तो कार्य नगर्नसमेत राष्ट्रिय परीक्षा बोर्ड सम्बन्धित सबैमा अनुरोध गर्दछ । साथै विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सन्जालमा नराख्न समेत सबैमा अनुरोध छ । परीक्षालाई मर्यादित र शान्तिपूर्वक रूपमा सम्पन्न गर्न सबैबाट सहयोग रहनेछ भन्ने कुरामा राष्ट्रिय परीक्षा बोर्ड विश्वस्त छ ।
धन्यवाद् !
परीक्षा नियन्त्रक
२०८२÷०१÷२१


 

Comments