बाहिरिएको प्रश्नपत्र मोडल प्रश्न मात्रै भएको खुल्यो
बैशाख २१, २०८२, आइतबार | विहान ०६:३९ बजे | 135
भक्तपुर । चाणक्य कलेज सेन्टरमा सार्वजनिक भएको भनिएको प्रश्न मोडल प्रश्न भएको खुलेको छ । परीक्षा अगाडि नै सार्वजनिक भएको प्रश्नपत्र नमूना प्रश्नपत्र रहेको जनाइएको हो । यसअघि प्रश्नपत्र सार्वजनिक भन्ने समाचारले भाइरल रुप लिएको थियो ।
कक्षा १२ को वोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि खवर पाउने वितिकै जिल्ला प्रशाशन कार्यालय भक्तपुरले चासो लिएको थियो । यसपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकीलगायतको टोली परीक्षा केन्द्र पुगेको थियो ।
जिल्लाकै मध्यपुर थिमि चाणक्य कलेजको सेन्टरमा जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीको परीक्षा केन्द्र थियो । आइतबार विहानदेखि देशैभर कक्षा १२ को वोर्ड परीक्षा सुरु भएको हो ।