काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उपायहरू
बैशाख २०, २०८२, शनिबार | विहान ०६:१४ बजे | 160
सरोजप्रसाद श्रेष्ठ
काठमाडौं उपत्यकाको वायु प्रदूषणका बारेमा विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा निकै चर्चा हुने गरेको छ । काठमाडौं संसारकै सबभन्दा प्रदूषित शहरको सूचीमा पनि पटकपटक पुग्यो । केही दिन अगाडिदेखि आएको सामान्य र छिटपुट वर्षाको प्रभावले उपत्यकालाई केही राहत दिएको अवस्था छ, तर प्रदूषण उल्लेखनीय रूपमा घट्न नसकेको कुरा समाचारहरूले जनाएका छन् । उपत्यकाको वायु प्रदूषण बढ्दै गएकाले अभियानकर्ताहरूले ुमलाई सास फेर्न देऊु, ुसाइकल चढ़ौं, प्रदूषण घटाऔं’, ‘साइकल चढ्ने कर्मचारी कम बिरामी हुन्छन्’, ‘किन बढ्दैछ वायु प्रदूषण रु’ आदि लेख तथा नाराहरूका साथ सर्वसाधारणले भोग्नुपर्ने समस्याको समाधान खोज्न सम्बन्धित निकायलाई सामाजिक सञ्जालहरूमार्फत खबरदारी गरिरहेका छन् । सम्बन्धित निकायले वायु प्रदूषण नियन्त्रण गर्न चासो नदिएको अभियानकर्ताहरूले गुनासो गर्ने गरेका छन् ।
विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल र वातावरणविद्ले वायु प्रदूषणका धेरै कारणहरू औंल्याएका छन् । अहिलेको वायु प्रदूषणका धेरै कारणमध्ये तल उल्लिखित केही बुँदाहरूलाई प्रमुख कारकका रूपमा लिन सकिन्छ ।
– सुख्खा मौसमका कारण देशका विभिन्न वनजङ्गलमा लागेको डढेलो ९ललितपुर जिल्लाको दक्षिणी भेगमा लागेको डढेलो पनि० प्रमुख कारक भएको ९हालै भएको वर्षाले गर्दा निभिसकेको अवस्था छ ।०
– यो समय खेतीपातीको काम सकिने र नयाँ खेतीको तयारीका लागि किसानले खेतमा काम नलाग्ने बाँकी भएका कृषिजन्य वस्तु तथा घाँसपात आदि जलाउनु ९यस्तै खालको क्रियाकलाप दक्षिणी छिमेकी मुलुकमा हुने गरेकाले पश्चिमी वायुको प्रभावबाट वायु प्रदूषणलाई थप मद्दत पुगेको ।०
– विशेषतः काठमाडौं उपत्यकामा वायु प्रदूषण हुनुमा अरनिको राजमार्ग विस्तार ९भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनको बनाउने गरी० को अहम् भूमिका रहेको र उपत्यकाभित्रका विभिन्न ठाउँहरूमा सडक सञ्जाल विस्तार गर्नका लागि गरिएका निर्माण कार्यहरूले पनि प्रदूषणलाई थप बढावा दिएको ९नेपालभरि नै सडक तथा राजमार्गहरूको निर्माण र विस्तारको कामले अत्यधिक धूलो भई वायु प्रदूषण बढेको अवस्था ।० ।
– यो वर्ष हिउँदे वर्षा नगण्य भएकाले काठमाडौं उपत्यकाको वायुमण्डल लामो समय प्रदूषित रहनु ।
– पश्चिमी वायु प्रणालीको प्रभाव कमजोर भएकाले काठमाडौं उपत्यकाको वायुमण्डलमा थुप्रिएको प्रदूषण जमिनमा झर्न वा हट्न नसक्नु ।
– पुराना सवारी साधनहरू ९विशेषतः २० वर्ष र सोभन्दा पुराना० बाट निस्किने धूवाँ ।
– काठमाडौं उपत्यकाको केन्द्रीकृत विकासले गर्दा बढ्दो जनघनत्व र बसाइसराइका कारण घर निर्माणमा वृद्धि हुनु ।
सुख्खा याममा देशका विभिन्न भागमा वनजङ्गल ९९०० भन्दा बढी स्थान० मा डढेलो लाग्ने भए पनि सम्बन्धित निकायले चासो नदिएको समाचारहरूले उल्लेख गरेका छन् । डढेलोलाई न्यूनीकरण गर्ने ठोस उपाय नआएको र डढेलो लागेका ठाउँहरूमा आपतकालीन रोकथामका लागि खासै तयारी नगरेको गुनासो पनि छ । सम्बन्धित निकायले यथाशक्य कार्ययोजनाहरू ल्याउन सकेको खण्डमा धनजनको क्षति न्यून हुनुका साथै वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने वातावरणविद्हरूको भनाइ छ ।
९फोटो ः वेबसाइट०
देशका विभिन्न भागमा मनसुन वर्षाभन्दा अगाडि नयाँ खेतीको तयारीका लागि खेतमा काम नलाग्ने बाँकी भएका कृषिजन्य वस्तु तथा घाँसपात ९मलका रूपमा प्रयोग गर्न० आदि वस्तुहरू जलाउनाले पनि वायु प्रदूषण बढेको वातावरणविद्हरूको तर्क छ । त्यस्ता वस्तुहरू नजलाउन र अन्य प्रविधिबाट मल बनाउन किसानहरूलाई जनचेतना अभियान चलाउन सके वायु प्रदूषण केही हदसम्म कम हुन सक्छ । सम्बन्धित निकायले विलम्ब नगरी नियमित रूपमा अभियान चलाउनु उचित हुनेछ ।
मुलुकका विभिन्न स्थानमा राजमार्ग तथा सडक विकास निर्माण र विस्तारका निर्माणाधीन आयोजनाहरूले गर्दा अत्यधिक वायु प्रदूषण भएकाले स्थानीय बासिन्दाले यसको नियन्त्रण गर्न माग गरेका समाचारहरू आएका छन् । यस्ता आयोजनाहरूले धूलो–धूवाँ प्रदूषण कम गर्न सक्ने उपायहरू अवलम्बन गर्न नसक्दा पनि अत्यधिक धूलोले गर्दा वायु प्रदूषण बढेको भनाइ छ । साधारणतया यस्ता आयोजनाहरू सञ्चालन गर्नु अगाडि प्रदूषण न्यूनीकरणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको पालना गर्नुपर्ने सर्त र बुँदाहरू राखिएका हुन्छन् । त्यस्ता सर्त र बुँदाहरूलाई कडाइका साथ लागू गर्न–गराउन सम्बन्धित निकायले नियमित अनुगमन गर्न सकेको खण्डमा आयोजनाहरूबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न सहयोगी हुन सक्दछ । काठमाडौँ उपत्यकाको भौगोलिक बनावट कचौराजस्तो भएकाले पनि उपत्यकाको वायुमण्डलमा प्रदूषण थुप्रिन सहज हुन्छ । त्यसैले सम्बन्धित निकायले प्रदूषण नियन्त्रण गर्न कडाइका साथ लाग्नुपर्ने देखिन्छ । काठमाडौँ उपत्यकामा यस्तै अवस्था लामो समयसम्म रहेमा उपत्यकाको प्रदूषणलाई न्यूनीकरण गर्न पृथक् वातावरणीय प्रभाव मूल्याङ्कन ल्याउनुपर्ने आवश्यकता छ ।
पुराना सवारी साधनहरूले गर्दा वायु प्रदूषण बढेको भन्ने बारेमा पनि छलफल गर्नु उपयुक्त होला । सवारी साधनहरू पुराना भएपछि र समयमै मर्मतसम्भार नगरेपछि त्यसले प्रदूषण बढाउन मद्दत गर्छ । तर अहिलेको वायु प्रदूषणको अवस्था हुनुभन्दा अगाडि पनि पुराना सवारी साधनहरू सडकमा निर्बाध रूपमा गुडेकै थिए, त्यति बेला प्रदूषणको यस्तो अवस्था देखिएको थिएन भन्ने भनाइ पनि सर्वसाधारणको छ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण घटाउनकै लागि सरकारले २० वर्ष र त्यसभन्दा पुराना सवारी साधनहरू हटाउने गर्ने प्रस्ताव गरेका समाचारहरू धेरैपटक हेडलाइनमा आएको कुरा सबैलाई थाहा छ । हाम्रो जस्तो देशमा धेरैजसो सार्वजनिक सवारी साधनहरू व्यवसायमा आश्रित सवारीधनी र मजदुरहरूको दैनिक जीवन यापनको माध्यम भएको कुरालाई पनि हेक्का राख्नुपर्दछ । पुराना सवारी साधनहरू हटाएको अवस्थामा त्यसबाट उठ्ने कर–महसुल नउठेर राज्यको आम्दानीमा धेरै कमी आउन सक्छ । नयाँ सवारी साधन आयात गर्न राज्यको सञ्चित विदेशी मुद्रा पनि बाहिरिने अवस्था हुन्छ । पुराना सवारी साधनहरूलाई डिस्पोज गर्ने काम पनि चुनौतीपूर्ण हुनुका साथै त्यसका लागि ठूलै डम्पिङ साइट आवश्यक पर्ने भएकाले यसमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।
९फोटो ः वेबसाइट०
हाम्रो जस्तो देशमा पुराना वा धेरै प्रयोग भएका सवारी साधनहरूको वर्गीकरण गर्दा वर्षको गन्तीमा भन्दा किलोमिटरमा गरिनुपर्ने हो । छिमेकी मुलुक भारतमा सवारी साधनको आयु वर्ष गन्तीमा गरिँदैन, नियमित रूपमा समयमै मर्मतसम्भार गरेका सवारी साधनहरूको मापन किलोमिटरका आधारमा गरिने वेबसाइटहरूमा उल्लेख गरिएको पाइन्छ । पुराना वा बढी प्रयोग भएका सवारी साधनहरूको आयु गणनाको मापदण्ड देश अनुसार फरक–फरक रहेको पाइन्छ ।
पुराना सवारी साधनहरूलाई हटाउनेबाहेक अन्य विकल्पमा जान सकिने विज्ञहरूको भनाइ छ । सन् २०२३ मा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीको सरकारले पुराना सवारी साधनहरूलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गरेर चलाएको कुरा समाचारमा आएका छन् । यसतर्फ नेपाल सरकारले पनि सोच्नुपर्ने तर्क रहेको छ र यस्ता विद्युतीय सवारी साधनहरू चार्ज गर्न अहिले विद्युतको आपूर्ति सहज भएको अवस्था पनि छ ।
राज्यले बढीभन्दा बढी सार्वजनिक यातायातलाई उच्च प्राथमिकताका साथ सस्तो, सुलभ, सुरक्षित, नियमित र भरपर्दो ९समयमै गन्तव्यमा पुग्ने० बनाई विस्तार गर्न सकेको खण्डमा साना सवारी साधनहरूको प्रयोग कम हुन सक्ने भएकाले प्रदूषण तथा ट्राफिक जामको समस्यामा कमी हुने कुरा अनुसन्धानले देखाएको छ । सम्बन्धित निकायले सार्वजनिक यातायात सञ्चालन गर्न बृहत् कार्ययोजना बनाई सम्भव भएका रूटहरूमा सेवा विकास र विस्तार गर्नुपर्ने देखिन्छ । ठूला वा साना बसहरू निर्बाध रूपमा सञ्चालन गर्न छुट्टै बस लेन आवश्यक पर्दछ । यसका लागि सम्बन्धित निकायले सम्बन्धित विज्ञहरूको परामर्शका आधारमा अहिलेको सडकका लेनहरूको पुनः संरचना र स्तरोन्नति गर्नुपर्ने हुन्छ ।
साइकल प्रयोगकर्ताहरूको समूह र अन्य साइकल प्रयोगकर्ताहरूले सामाजिक सञ्जालहरू मार्फत् पनि ‘साइकल सिटी’ को माग गर्दै आएका छन् । स्वच्छ र ‘नो इनर्जी’ को विकल्प साइकल र रिक्साजस्ता सवारीलाई पनि सरकारले प्राथमिकतामा राखी यसलाई प्रोत्साहन र प्रबर्धन गर्न सके साना सवारी साधनको प्रयोगमा कमी आई वायु प्रदूषण न्यून हुन सक्दछ । यसले ट्राफिक जामको समस्यालाई पनि केही हदसम्म कम गर्न सक्दछ । यसको सुरुवात काठमाडौँ उपत्यकाका तीनै शहरहरूबाट गर्न सकिन्छ । यसका लागि साइकल प्रयोगकर्ताहरूलाई सुरक्षित र ढुक्क भएर गन्तव्यमा पुग्नका लागि अहिलेका सडकहरूमा साइकल लेनहरूको सञ्जाल सुरक्षित र सहज हुनु आवश्यक छ । एउटा शहरबाट अर्को शहरसम्म साइकलबाट निर्धक्क यात्रा गर्न सक्ने वातावरण हुनुपर्दछ । यसका लागि यातायात कार्यालय, ट्राफिक कार्यालय, विज्ञहरू तथा साइकल सोसाइटी आदिले सवारी चालक, साइकल चालक तथा पदयात्रीहरूलाई यससम्बन्धी पालना गर्नुपर्ने नियम–कानुनबारे जानकारी दिनुपर्दछ ।
९फोटो ः वेबसाइट०
काठमाडौं उपत्यकाको जनघनत्व बढ्नुमा केन्द्रीकृत विकासका कारणले भएको हो भन्ने उपत्यकावासीको भनाइ छ । यसरी बसाइसराइ बढ्दै गएका कारणले घर तथा अन्य पूर्वाधारहरू निर्माण कार्यहरू बढ्नुले पनि वायु प्रदूषण बढेको भनाइ छ । उपत्यकाको बसाइसराइलाई पनि नियन्त्रण गर्न यथाशक्य कार्ययोजना बनाउनुपर्ने देखिन्छ । उपत्यकाका नगरहरूमा अहिले भएका खुला ठाउँहरूलाई संरक्षण र विस्तार गर्दै हरियाली क्षेत्र बढाउनतिर पनि ध्यान जानु आवश्यक देखिन्छ । यसका साथै नयाँ बस्तीहरूमा खुला ठाउँहरू बढीभन्दा बढी विकास र विस्तार गरी बढीभन्दा बढी बृक्षारोपण गर्ने र पोखरीहरू बनाउन योजनाबद्ध तरिकाले जान सकेको खण्डमा केही हदसम्म वायु प्रदूषणलाई न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्न सक्दछ । रूखहरूले केही हदसम्म सडकबाट उडेका धूलो र धूवाँलाई छेक्ने र धूलो रूखका पातहरूमा टाँसिने हुन्छ । त्यस्तै उडेको धूलोलाई पोखरी ताल–तलाउको आर्द्रताले पानीमा थेग्रिन जाने भएकाले वायु प्रदूषणलाई कम सहयोग गर्न सक्दछ ।
राजमार्ग र मूल सडकसँग जोडिएका कतिपय सहायक र साना सडक–मार्गहरू कच्ची तथा ग्रावेल हुनु र त्यहाँ गुड्ने सवारी साधनहरूका पहियाहरूमा धूलो र बालुवा टाँसिएर आउने भएकाले राजमार्ग र मूल सडकमा झर्ने र उड्नाले वायु प्रदूषणलाई थप सहयोग गरेको देखिन्छ । यसकारण सम्बन्धित निकायले राजमार्ग र मूल सडकसँग जोडिएका कतिपय सहायक र साना सडकमार्गहरू पक्की बनाउनु उपयुक्त हुनेछ । कतिपय देशका राजधानी तथा नगरका प्रमुख केन्द्रहरूमा धूलो र हिलोबाट प्रदूषण हुन नदिन प्रवेशनाकाहरूमा सवारी साधनहरूलाई पखालेर मात्र नगर प्रवेश गराइने प्रचलन रहेको पाइन्छ । महामारी रोग फैलिएको बेलामा सवारी साधनहरूलाई विशेष तरिकाले पखालेर कीटाणुशोधन गरेर नगर प्रवेश गराइने बेलाबखत समाचारमा सुनेका छौँ । काठमाडौँ उपत्यकाका सम्भव भएका नाका वा स्थानहरूमा पनि राख्न सकिन्छ । तर यो प्रणाली सञ्चालन गर्न सम्बन्धित निकायलाई आर्थिक र व्यवस्थापकीय दृष्टिले ठूलो चुनौती छ ।
उपत्यकाको वायुमा धूलोको परिमाण बढ्नुमा कालोपत्रे भइसकेका सडकको दुवैतर्फ अर्थात् दायाँ र बायाँ कच्ची वा ग्रावेल भएको ठाउँबाट सवारी साधनहरूले ओभरटेक गर्दा धूलो र हिलो पनि ल्याउन मद्दत गर्ने भएकाले पनि हो । सवारी साधनका चालकहरूले अनुशासित र संयमता अपनाएर सडकको कालोपत्रे भइसकेको भागमा गुडाएर लग्दा धूलो र हिलो कम हुन सक्दछ । सम्बन्धित निकायले सडकको दुवैतर्फ अर्थात् दायाँ र बायाँ कच्ची वा ग्रावेल भएको भागलाई धूलो र हिलो कम गर्न पक्की बनाउन पनि विचार गर्नु उपयुक्त हुनेछ ।
अन्तमा, प्रदूषण नियन्त्रणका नाममा उपभोक्ताबाट सङ्कलित अरबौं रकम कहाँ खर्च भयो भन्ने सरकारलाई थाहा नभएको कुरा पनि समाचारहरूले उल्लेख गरेका छन् । यो रकम सर्वसाधारणले पेट्रोल र डिजेल खरिद गर्दा प्रतिलिटर रुपियाँ १–१ लिई सङ्कलन गरिएको रकम हो । यो सङ्कलित रकमबाट राज्यले वायु प्रदूषण नियन्त्रणका लागि कुनै योजना नल्याएको सर्वसाधारणको गुनासो रहेको बेला ढीलो नगरी वायु प्रदूषण नियन्त्रणका लागि माथि छलफलमा आएका बुँदाहरूलाई पनि समाहित गरेर कार्ययोजना ल्याउन सकिन्छ कि रु
९लेखक काठमाडौँ विश्वविद्यालयको युनि–कन्सल्टमा कार्यरत वरिष्ठ वास्तुविद् हुनुहुन्छ ।०