कल्पनालाई रूपान्तरण
बैशाख १७, २०८२, बुधबार | विहान ०२:५५ बजे | 40
कुमार लघु,ख्वप
तपाईं र हामीले जुन उद्देश्यले कल्पना गर्छाै कुनै योजना उद्देश्य र लक्ष्यलाई सकारात्मक रूपमा रूपान्तरण गर्न सकेमा सफलता प्राप्त गर्न सकिन्छ । योजनालाई रूपान्तरण गर्न मेहनत जोश जागरण कठिन समयमा दिमागलाई परिचालन गर्न पर्छ नत्र सबै उद्देश्य,लक्ष्य र योजनाहरू बेकार हुन्छ । समयलाई नजर अन्दाज गरि आफ्ना योजनाहरू राख्ने गर्नपर्छ । यो लाै मानाै फर्सी रोप्ने कार्य भनाै। रोप्र्नदेखी लिएर फल प्राप्त गर्ने वेलासम्म परिश्रम र लगानीलाई निरन्तरता दिई गन्तव्यमा पु-र्याए , पु-र्याउन सके कल्पनाशिलतालाई विपनामा देख्न सकिन्छ । सफलता लिन एकले गरे केही हुन् सबै परिवारका सदस्यहरूको साथ मिली गरे मद्त अनिवार्य छ । मानाै चिया पिउँनेदेखी रातमा सुत्ने वेलासम्मलाई जसले त्यो लक्ष्य र उद्देश्य लिएका छन् उसलाई सानोदेखी ठूलोसम्म मद्त चाहिन्छ अनि मात्र फलको मिठो रस आफूले पनि चुस्न पाईन्छ । बुबाले कमाई ल्याउँला अनि चुसाैला भनेर असहयोग गरेमा एकला एकलै यहाँ भयो देखियो। यस्तो भएमा सपना चकनाचुर हुन्छ । भाइ बहिनीहरू साथ सहयोग दिनुपर्छ लिनु जानुपर्छ तव मात्र कसैको उद्देश्य लक्ष्य र योजना पूरा हुन्छ । आर्को योजना मानाै छोराछोरीलाई इन्जिनियरिङ्ग पढ्न दिने हो भने परिवारमा छलफल गर्न दिनुपर्छ । यसमा भाईहरूको सोच विचार मलाई विचार पठाई दिनु होला । भाइ बहिनीहरू आमा बुबालाई दोष दिने होईन् आफ्नो मार्ग चित्र आफैले कोर्ने हो है । आमा बुबाले त तिमीहरूले राखेको योजनामा ,उद्देश्य र लक्ष्यमा साथ सहयोग गर्ने हो भविष्यको निम्ति आफूले परिश्रम गर्नुपर्छ। आमाबुबाले आर्थिक रूपमा सकेको मद्त गर्ने हो । परिश्रम मेहनत कठिनाई आफैले गर्ने हो । धरमराउनु हुन्दै डराे र दिगो योजनामा म पूरा गर्छु भने अाँट चाहिन्छ । यदि विदेशमा पढ्न जाने हो भने आफ्नो क्षमता हेर्ने है । अर्काको लहलहैमा कहिले जानु गर्नु हुन्दैन् । जोगिनु पर्छ। विदेशमा आफूले नै सानोतिनाे जब गरेर वस्न खान दैनिक फुटकर खर्च गर्न आफैले कमाई गर्न पर्छ। समुन्द्र पारी हो है। खेलाची गर्नु हुन्दैन् तिमी एक जना शिक्षित कामदार भएर काम र पढ्छु कमाई गर्छु म सकि हाल्छु भनेर सोच सकारात्मक चाहिन्छ । भनी मनमा राखेर विदेशमा पढ्ने जाने काम अहिले भैरहेको हो। भाइ बहिनीहरूमा आफू ठूलो भएपछि समाजले के गरिरहेछ भविष्यको लागि योजना राख्नुपर्छ । हामी विदेशमा पढ्न पठाएका दाजु बहिनीले पैसा कमाई ल्याउँलाको आस हुन्छ बेकार छ । उसलाई त्याहाँ कति संघर्ष गर्न परेको हुन्छ। थाहा लिनुस् । त्यस्तै छोरी भएर छोरा भए समाजिक सस्कारमा जिवन दुवाई हेर अहिले हेर भोलि भनेको छैन् सम्झनुस् । छोराछोरी हुने वेला सोचाैलाको कुरा छाेड्नुस् । भविष्यको योजना आजैवाट कोर्नुस् नत्र दु:ख पाउला है । मेरा यी पुराना अनुभवहरू तिमी र तपाईहरूलाई उघारेर देखाएको हो। कल्पनालाई निश्चितवाटोमा रूपान्तरण गर्नुस् । अनि तपाईको भविष्य सुखमय हुन्छ। धन्यवाद ,२०८२/१/१७ गते