जेन्जीहरूको बढी रुचि अनलाइन सपिङ्गमा


बैशाख १२, २०८२, शुक्रबार | विहान ०७:१८ बजे | 160


जेन्जीहरूको बढी रुचि अनलाइन सपिङ्गमा

रमिना गाईजु

जेन्जीहरू बढी मात्रामा ट्रेन्ड र अनलाइन सपिङ्गमा रुचि राख्दछन्। अहिलेको समयमा प्राय मानिसहरु अनलाइन सपिङ्ग र ट्रेन्डमा बढी रुचि देखाउने गर्दछन् । ती मध्ये सबैभन्दा बढी मात्रामा जेन्जीहरू पर्दछन् । सामाजिक सञ्जालमा देखेका जति पनि स-सामान प्रति छिटो आकर्षित जेन्जीहरु पर्दछन । कुनै नयाँ विषयवस्तु देख्नासाथ किन्ने इच्छा उनीहरूको मनमा हुन्छ। जसले गर्दा उनीहरुले अनलाइन सपिङ प्रति बढी चासो राख्दछन । ट्रेन्डलाई फलो गर्ने नाममा उनीहरू अनलाइन सपिङ्गप्रति दिनदिनै डुब्दै गएका छन् । जे देख्यो त्यो चाहिँ हाल्ने खालको व्यवहार उनीहरूमा देख्न सक्छौं । सामाजिक सञ्जाल प्लेटफर्महरू, जस्तै Instagram, टिकटक, फेस्बुक, आदि, नयाँ फेसन तथा अन्य सामानहरू भाइरल बनाउने मुख्य भूमिका खेल्दै छन् । यसले गर्दा जेन्जीहरूले आफ्नो मन पर्ने इन्फ्लुएन्सर वा सेलिब्रिटीहरूले लगाएको वा बोकेको हेरेर त्यही खालको लुगा वा अन्य वस्तुहरु किन्न र प्रयोग गर्न चाहन्छन् । साथै विभिन्न सामाजिक सञ्जाल प्लटफर्महरूले जेन्जीहरूलाई आकर्षित बनाउनका लागि उनीहरूको आँखा पर्ने खालका विज्ञापन बनाएर समाजिक सञ्जालमा राख्ने गर्छ । अनलाइनको सहयोगका कारणले घरमै बसेर सजिलै स-सामान किन्न सकिन्छ । घरमै बसी-बसी फेसन, ग्याजेट, सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स, र अन्य आवश्यक वस्तुहरू सजिलै किन्न सकिन्छ । होम डेलिभरीको सुविधा भएको कारणले घरमै बसेर वा बाहिर नगई आफूलाई मनपर्ने सामानहरु किन्न सकिन्छ । जेन्जीहरू प्रविधिसँग धेरै नजिक भएका छन् र उनीहरूको निर्णय लिने प्रक्रिया पहिलेका पुस्ताभन्दा फरक छ। उनीहरू Visual Content बाट धेरै प्रभावित हुन्छन्, त्यसैले तस्वीर, भिडियो, र लाइभ स्ट्रिमिङ जस्ता कुराहरूले उनीहरूलाई सामान किन्न प्रेरित गर्छ। साथै, Review & Rating पढेर मात्र सामान किन्ने बानी उनीहरूमा देखिन्छ। जेन्जी पुस्ताका मानिसहरू फेसनलाई आफ्नो पहिचानको रुपमा लिन्छन् । उनीहरू अरुभन्दा आफू फरक देख्न चाहन्छन् र ट्रेन्ड अनुसार आफूलाई अपडेट राख्न खोज्छन् ।

Comments