शैक्षिक अनुभब पूर्णाङ्क–१६ बिमोचित


बैशाख ८, २०८२, सोमबार | दिउँसो १२:५८ बजे | 160


शैक्षिक अनुभब पूर्णाङ्क–१६ बिमोचित

भक्तपुर । सेवा निबृत शिक्षक समाजद्धारा प्रकाशन हुँंदै आएको शैक्षिक अनुभव पूर्णाङ्क–१६ सोमबार भक्तपुरमा एक कार्यक्रमवीच बिमोचन गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विमोचन गरेका हुन् । साथै समाजका नँया सदस्यहरुलाई स्वागत कार्यक्रम पनि गरियो ।
कार्यक्रम समाजका अध्यक्ष अम्विकामान मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष नाति कवां, कोषाध्यक्ष विश्वराम कवांलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रधानसम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकमा समावेश भएका लेख रचनाहरुबारे छोटकरीमा बयान गर्नुभएको थियो । कार्यक्रम समाजका सदस्य तुल्सीराम ग्वाछाले सञ्चालन गर्नुभएको थियो ।   

Comments