समाचार ब्रेकिंगको नाममा बबाल नहोस् 


बैशाख ८, २०८२, सोमबार | विहान ०३:०४ बजे | 245


समाचार ब्रेकिंगको नाममा बबाल नहोस् 

विपना बानियाँं 
बिहान उठ्नेबित्तिकै तपाईं के गर्नुहुन्छ रु धेरैको उत्तर हुनेछ  मोबाइल चलाउने। फेसबुक स्क्रोल गर्ने, ट्वीटर हेर्ने, टिकटक खोलेर नयाँ ट्रेन्ड के छ भन्ने हेर्ने। आजकल धेरैका लागि समाचार थाहा पाउने प्रमुख माध्यम सामाजिक सञ्जाल नै बनेको छ। तर प्रश्न उठ्छ  हामीले सामाजिक सञ्जालमार्फत पाउने सबै समाचार सत्य छन् तरु
केही वर्षअघिसम्म समाचार थाहा पाउन पत्रपत्रिका पल्टाउनु पर्थ्यो, रेडियो खोल्नु पर्थ्यो वा टेलिभिजन हेर्नु पर्थ्यो। तर अहिले कुनै पनि घटनाबारे जान्न गुगल खोजी गर्नुपर्ने पनि हुँदैन, सामाजिक सञ्जालले आफैं ‘ब्रेकिङ न्युज’ देखाइदिन्छ। भूकम्पको धक्का महसुस भयो कि तुरुन्त फेसबुकमा स्टाटस आउँछ– ूभूकम्प आयो१ू कुनै राजनीतिक घटना भयो कि ट्वीटरमा ह्यासट्याग ट्रेन्डिङ हुन्छ।
अब केवल पत्रकारहरू मात्र होइन, जो कोही पनि ‘नागरिक पत्रकार’ बन्न सक्छ। मोबाइलले खिचिएको एउटा भिडियोले समाचार बनाउँछ, फेसबुकको स्टाटसले देशभर हलचल मच्चाउन सक्छ। नेपालमा मात्र होइन, विश्वभर नै सामाजिक सञ्जाल समाचारको प्रमुख स्रोत बन्दै गएको छ। अझ रमाइलो कुरा के छ भने, अब अधिकांश सञ्चार माध्यमहरूले पनि सामाजिक सञ्जाललाई समाचार वितरणको मुख्य च्यानलका रूपमा उपयोग गर्न थालेका छन्।
तर, यही प्रवृत्तिसँगै एक गम्भीर समस्या पनि देखिएको छ भ्रमपूर्ण सूचना र अफवाहको विस्तार। कुनै तथ्य नपुष्टि नै कसैले केही पोस्ट गर्‍यो भने, त्यसलाई हजारौँले सेयर गर्छन्। यस्ता भ्रामक सूचनाले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ। केही समयअघि नेपालमा ‘बाल अपहरण’को हल्ला यति धेरै फैलियो कि आम जनमानसमा त्रास फैलिएको थियो। तर, प्रहरीको अनुसन्धानबाट ती घटना अफवाह मात्रै रहेको पुष्टि भयो।
सामाजिक सञ्जालले समाचारको गति त बढाएको छ, तर सत्य र झूट छुट्याउन कठिन बनाएको छ। भ्रमपूर्ण समाचारले व्यक्तिमा मानसिक तनाव र समाजमा अविश्वासको वातावरण सिर्जना गर्छ। महामारीको समयमा फैलिएको गलत सूचनाले जनस्वास्थ्यमै संकट ल्याएको उदाहरण हाम्रो सामु छ।
यसैले, सामाजिक सञ्जालमा आएको हरेक समाचारलाई सत्य ठान्नुभन्दा पहिले सोच्न आवश्यक छ। पत्रकारहरूको पनि कर्तव्य हो– सूचनाको स्रोत पुष्टि गरेर मात्र समाचार प्रसारण गर्नु। आम नागरिकले पनि जुनसुकै समाचार देख्दा तत्काल विश्वास नगरी आधिकारिक स्रोत खोज्ने बानी बसाल्नुपर्छ।
समाचार छिटो थाहा पाउनु महत्त्वपूर्ण हो, तर सत्य थाहा पाउनु झनै महत्त्वपूर्ण हो। हामी सबै जिम्मेवार, सजग र विवेकी समाचार पाठक बन्नुपर्छ। सत्य सूचना फैलाएर मात्र हामी समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छौँ।
अबको युगमा केवल सूचना पाउनु पर्याप्त छैन, सत्य तरिकाले सूचित हुनु नै हाम्रो जिम्मेवारी हो।

Comments