त्यसैले भाँचेको हाे रथ


2025-04-19 10:56:48

News Image

कुमार लघु,भक्तपुर

नयाँ वर्ष २०८२ को सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना छ। नयाँ वर्षले वर्षभरी नै नयाँ जोश उत्साह र उमंङ्गले आ आफ्नो कर्म क्षेत्रमा लाग्न नि सकोस् । आफ्नो योजना मुत्ताविक सत्कर्म गरेर सफलता प्राप्त गर्न सकाेस् । भक्तपुरमा साथै आफ्नो गछे अनुसार कर्म काण्डमा लागेर जात्रामा लागेर देवी देवताहरूलाई पूजा गरेर मनको ईच्छा पूरा गराउनलाई त्याग तपश्या गरि भक्ति भावहरू गरेर मन्दिर धाई दर्शन गर्नु भएकोमा धन्यवाद छ।

नयाँ वर्षले जिवनमा कहिले दु:ख नपरोस् । सधैँ आत्मालाई शान्त राखि राख्न सकोस् । सधैभरी मनले अर्काको र आफन्तहरूको सेवा सुविधामा ध्यान दिन सकाेस् । हजुरहरू सबैले दिन रात मेहनत गरि नेपाली र नेपाल देशको सेवा गर्न सकिरहोस् । हाम्रो जात्रा विजय उत्सवको उपलक्ष्यमा नै यो नयाँ सालमा प्रत्येक मानवमा विस्का जात्राले नयाँ लिङ्गाे उभ्याउने रथ तान्नेले देश भर र विदेश वसेका सम्पूर्णले थाहा लिआेस् र नयाँ साल लाई स्वागत र पुराना साललाई लिङ्गाे उभ्याई विदा र नयाँ साललाई लिङ्गो धालेर रमाईलो र रथ थने र कोनेतिर टाैमढी केन्द्र विन्दु मानेर पोषिलो खानेकुरा र राम्रो मिठ्ठो खानेकुरा जहान वच्चाहरू लहरै चोटा वैठकमा एकै जग्गामा सम्हेवजी जार रक्सी जूस फलफूल र नयाँ मासु,लवाई र खवाई खाएर आफन्तहरूलाई बोलाई मिठो बोली विभिन्न उपहारहरू दिई लिई सम्हेवजी मिठाई खाई प्रसाद दिई भलाकुशारी गरेर ८ दिन ९ रात भव्य सभ्यले तरिकाले मनाउन पाउनु असल खाना खाई आफूले इच्छाएको ठाउँमा सफर गरेर उपयोग गर्न सक्नु मानवको सध्दु व्यवहार गरि हेरी नयाँ वर्ष मनाउनु नेपालीको गुण हुन् ।

हरेक वर्ष नयाँ साल यसरी मनाउने क्रम विक्रम सम्वत् मलै सुने र थाहा भए अनुसार १९७३ देखि नै यो परम्परा बसालेको किम्वदन्ती छ जस्ताे लाग्छ । यदि यो फरक भए कमेन्टमा कमेन्ट लेखेर मलाई जानकारी गर्नु हुन् अनुरोध गर्न चाहान्छु । यो गएको वर्ष चैत्र २८ गते देवता तल आउनु भयो यस्को अर्थ रथ तानेर सुरूवाट भयो। गहितिवाट चैत्र ३१ गते लिङ्गो उभ्याउन रथ तान्ने स्थलमा रथ तानेर लग्ने काम भएकै वेला रथको आयष्कल भाचियो । त्यत्ति वेला भक्तपुरको इज्जतको सवाल थियो। तत्काल क्रेनको वन्दाेवस्तले रथको आयष्कलको काठ भम पनि फेरियो। तत्काल रथ तानेर लिङ्गो तानेर जनताको शक्तिले कालासीको मद्तले लिङ्गो उभ्याई जात्राको महत्व दर्शाय‍ो ।

सम्पूर्ण नेपालीलाई फेरि एक पटक नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना । नयाँ सालको उपलक्ष्यमा लिङ्गो साँझ फेरि लिङ्गो ढालेर नयाँ वर्षलाई स्वागत गर्ने काम गरेको सर्व विदित छ। द्य माथी ल्याउने वेला पनि आयष्कल भाँचियो । यो पटक पटक आयकष्ल भाँचिनुमा पनि कुनै रहस्य लुकेको छ कि ? मैले भविष्यवाणी गरे झै अरूले पनि भविष्य गरेको छ। द्य माथी आउने वेलामा पनि रथ तान्दै ल्याउँदा फेरि टाैमढीमा पाँच तल्ले मन्दिरको अगाडि नजिक आयष्कल भाचेर युवा युवतीहरूको रथतान्ने त्यहीँ आस तुईहियो। टाैमढी,गाहिती र टाैमढीमा हेर्न आउने दर्शकहरू घुईचो थियो। रथ तानेको रहरले हुने होईन् ।

याे ०८२ सालमा भित्ते पात्राे हेर्दा राम्रो थियो। दुईदुई पटक मै आयष्कल भाँचेकोले यो वर्ष नराम्रो संकेट हो । यो त्यसै पनि हो! अनेक ठाउँमावाट हेर्न आउने युवा र रथ ताने मात्र ध्यानले गर्दा गुडाउनु पर्ने ठाउँमा घिसारेर तानेको अनुमान छ । त्यसैले भाँचेको हाे । रमाईलो जवर्जसतीले हुने होईन् रमाईलो त सबैको सहमतीमा हुने हो। रथ तान्नेहरूले काईदाले रथ तान्नु पर्नेमा बेकाईदाले रथ तानेकोले भाँचेको दर्शक दिर्घाको अड्कल रहेको छ। कुनै पनि घट्ना नियमलाई नटेर्दा नै हुने हो । अब आईन्दा रथ तानन्दामात्र होईन् अरू जुन काम गर्दा पनि नियममा बसेर गरेमा सफल होईन् छ । रथ हेर्छु रमाउँछु भनेर भोज खाई हेर्न आएका र आफन्तहरू सबै जिल्ल परे । ल हेराै भन्दै आएको त के भयो भन्दै फर्केर जान बाध्य भयो रथको अस्थिर रूप हेरेर फर्केकाहरू धेरै भेटियो। २०८२/१/०६

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *