भनपा प्रमुख प्रजापतिलाई बुझाइयो ज्ञापनपत्र


2025-04-10 02:35:08

News Image

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्यले ज्ञापन–पत्र पढेर बुधबार व्यासी, भक्तपुर नगरपालिकाको प्रमुखको कार्यकक्षमा बुझाउनुभयो । 
    ज्ञापन पत्र बुझ्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी विद्यालयका प्रिन्सिपलहरु निजि विद्यालयमा काम गर्दा समुदायिक विद्यालयको गुणस्तर खस्केको बताउनुभयो । उहाँले सरकारीको तलब खाएर निजि विद्यालयमा काम गर्ने शिक्षकहरु विगारेको बताउनुभयो । उहाँले शिक्षक आन्दोलन बारे बोल्दै पेशागत अधिकार भन्दा राजनीति मागको उद्देश्य भएकोले संविधान र संघीयता विरुद्ध भएको बताउनुभयो । उहाँले नगरशिक्षा खारेज गरे जिल्ला शिक्षा कार्यालय पुर्नजिवित गर्ने कार्य प्रतिगामी सोच रहेको बताउनुभयो । उहाँले संघीयताको मूलमर्म अधिकार विकेन्द्रीकरण भएको बताउँदै स्थानीय तह र प्रदेश केन्द्रको मातहत भने संघ सरकारको सोच गलत छ भन्नुभयो । उहाँले आन्दोलनको भित्रि मनसाय स्थानीय तहको अधिकार खोस्ने र परीक्षा, भर्ना, पुस्तिका परिक्षणको बेला आन्दोलन गरेर सामुदाय विद्यालयलाई दुवाएर निजि विद्यालय पोस्ने काम भएको बताउनुभयो । उहाँले निजि विद्यालय र सामुदायिक विद्यालय संगसंगै लागि रहेको बताउँदै कसले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन बरु के परिणाम आउँछ त्यो सत्य भएको बताउँदै निःशुल्क शिक्षाको पक्षमा रहेको र भक्तपुरमा दुईतीन बर्षदेखि शुल्क बृद्धि नगरेको बताउनुभयो । 
    अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ः– देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न र हत्या, हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएका विसंगति, विकृतिहरु हटाई शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिक एवं व्यवहारिक शिक्षा आवश्यक छन् । शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बृद्धि, महंगी, बालबालिका माथि यातना, शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक पूर्वाधार, सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिले कार्य गरिरहेका छौं ।
    सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय नहुँदा अभिभावकहरु आप्mनो छाक काटेर भएपनि बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालय तर्फ आकर्षित हुँदा संस्थागत विद्यालयको प्रादुभाव भएको देखिन्छ । त्यस्ता विद्यालयमा नाफाको निम्ति अभिभावकको ढाड सेक्ने गरी शुल्क निर्धारण गर्दा तल्लो वर्गका जनताले गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुँदै गएको देखिन्छ । 
    नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रुपमा माध्यामिक विद्यालयसम्मको शिक्षा निःशुल्क र स्थानीय तहमा राखेको छ । त्यसैले शिक्षा राज्यको दायित्व हो । शिक्षा ऐन अहिलेसम्म नबन्दा शिक्षा पूर्ण‘ रुपमा निःशुल्क हुन सकेको छैन् । शिक्षा मन्त्रीले यो हिउँदे अधिवेशनमा शिक्षा विधेयक संसदबाट पास गरी ऐन बनाउने शिक्षक संघलाई आश्वासन दिएको थियो । तर शिक्षा विधेयक पास नहुँदा शिक्षकहरु अनिश्चितकालीन हड्तालमा उत्रेको छ । जसले गर्दा विद्यार्थीहरुको विद्यालयमा अन्तिम परीक्षा समेत प्रभावित भएको छ भने एसईईको उत्तरपुस्तिका समेत शिक्षकहरुले नजाँच्ने भनि घुर्की देखाइ रहेको छ । त्यतिमात्र होइन ८० लाख विद्यार्थीका अभिभावकहरुको बारेमा शिक्षा विधेयकमा केही शब्द समेत परेको देखिन्दैन् । २०५५ शिक्षा नियमावलीमा शुल्क निर्धारण समितिमा अभिभावक संघको प्रतिनिधि रहने गरी ऐन मै व्यवस्था भएतापनि सबै स्थानीय तहमा आ–आप्mनै तरिकाले शिक्षा ऐन बनाउँदा शिक्षा समिति र शुल्क निर्धारण समितिमा अभिभावकहरुको प्रतिनिधित्व नहुँदा शुल्क निर्धारण, छात्रबृति वितरण, विद्यालय निरिक्षण, विद्यालय पोशाक र पाठ्यपुस्तक विद्यालयले भनेकै पसलमा नै किन्नुपर्ने गरि विद्यालयले कमिशन खाने विरुद्ध आवाज राख्ने ठाउँ समेत दिएको छैन् । साथै छात्रावासमा भएको बालबालिका प्रतिको हिंसा होस् वा विद्यार्थी बोक्ने विद्यालयको गाडीमा कोचि कोचि ल्याउने समस्या बारे आवाज राख्ने ठाउँको लागि भएपनि अभिभावकहरुको शिक्षा समिति वा शुल्क निर्धारण समितिमा सहभागी गराउनु पर्नेमा ध्यानाकर्षण भएकोले यो ज्ञापन–पत्र पेश गरेका छौं ।
    कार्यक्रममा धनश्याम खड्काले अभिभावकहरु समस्या अरुले राख्न नसक्ने भएकोले अभिभावकहरु पनि शुल्क निर्धारण समितिमा सहभागी गराउनु पर्ने बताउनुभयो । 
    कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापति, सचिव आशराम सुवाल, सहसचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु, सदस्यहरु पवित्रा मानन्धर, सुचिता सैंजु, राजाराम दाहालको उपस्थिति रहेको थियो । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *