सकियो साईनिङ्ग स्टुडेण्टको दिक्षान्त समारोह
भक्तपुर, २६ चैत । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको शिक्षक सम्मान, दिक्षान्त समारोह, पुरस्कार वितरण एवम् बार्षिक उत्सब तथा साँस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले पानसमा दीप प्रज्वलित गरी एक समारोह बीच गपलीमा मंगलबार उद्घाटन गर्नुभयो । प्रिस्कुलका विद्यार्थीहरुलाई दिक्षित गर्नुका साथै स्कुलको बाहिरको विभिन्न प्रतियोगित, विभिन्न विधाका साईनिङ्ग हिरो अफ दि २०८१ का विद्यार्थीहरुलाई वडाध्यक्ष उपेन्द्र सुवाल र अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष एवम् गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले पुरस्कार वितरण गर्नुभयो भन्ने शिक्षक सम्मान विद्यालयका संस्थापक प्रिन्सिपल रविन छुस्याकीले गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा क्षेत्रमा मात्र नभई विद्यालयले अतिरिक्त क्रियाकलाप नाचगान, खेलकुद र बाहिरको अतिरिक्त क्रियाकलामा धेरै पदक जित्न सफल भएकोमा बधाई दिँदै यसले सीप विकास हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र सीपमुलक तालिममा ध्यान दिएको बताउँदै शिशुस्याहारदेखि उच्च शिक्षा हासिल गर्न ख्वप कलेज, ईन्जिनियरिङ्ग कलेज, नर्सिङ्ग कलेजहरु संचालन गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिएको बताउनुभयो । उहाँले छात्रबृति, शैक्षिक ऋण, भुगोल, ईतिहास, राजनीति शास्त्र, साँस्कृतिमा उच्चाशिक्षादेखि पिएचडिसम्म अध्ययण गर्न छात्रबृति दिएको बताउनुभयो । उहाँले स्वास्थ्यमा ख्वप अस्पताल, घरदैलो नर्सिङ्ग, सामान्य घाउचोटपक ड्रेसिङ्ग वडा कार्यालयमा नर्सबाट हुने बताउनुभयो । उहाँले ६ वटा खेल निःशुल्क प्रशिक्षण दिई रहेको बताउँदै स्वरोजगारको लागि सीपमूलक तालिम संचालनका साथै उद्यमशील ऋण समेत दिएको बताउनुभयो । उहाँले सबै नीतिको राजा राजनीति भएकोले शिक्षा क्षेत्रमा भईरहेको विकृति र विसंगति रोक्न पनि राम्रो राजनीति आवश्यक रहेको बताउँदै राजनीति गर्नेहरुले बेइमान गरेको राजनीति प्रति जनताको वितृष्णा बढेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष एवम् गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले हुनत बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिन्छन् । ती प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन हुन्छ भन्नुभयो । उहाँले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन आजको कार्यक्रमले मद्दत पुग्ने विश्वास लिदैँ विद्यालयले अतिरिक्त क्रियाकलाप र गतिविधिले विद्यार्थीहरु थप उत्साहित र क्रियाशील भई अगाडि बढ्नेमा दुई मत नहुने बताउनुभयो ।
उहाँले शिक्षा मन्त्रीले यो हिउँदे अधिवेशनमा शिक्षा विधेयक संसदबाट पास गरी ऐन बनाउने शिक्षक संघलाई आश्वासन दिई शिक्षा विधेयक पास नहुँदा शिक्षकहरु अनिश्चितकालीन हड्तालमा उत्रिदा विद्यार्थीहरुको विद्यालयमा अन्तिम परीक्षा समेत प्रभावित भएको साथै एसईईको उत्तरपुस्तिका समेत शिक्षकहरुले नजाँच्ने भनि घुर्की देखाइ रहेको बताउनुभयो । उहाँले ८० लाख विद्यार्थीका अभिभावकहरुको बारेमा शिक्षा विधेयकमा केही शब्द समेत नपरेकोमा आवाज उठाई रहेको बताउनुभयो । उहाँले विद्यालयले ‘अनुसन्धान वा आविष्कारको लागि अति राम्रो र गुणस्तरीय शिक्षा’ ूीबलमmबचप ायच दभततभच ७ त्रगबष्तिथ भमगअबतष्यलू ) भने मूल स्लोगनका साथ अध्यापन गराइ रहेकोकोबाट नै यो विद्यालयको शिक्षाको गुणस्तर कति छ भने कुरा प्रमाणित हुने बताउनुभयो । उहाँले अभिभावक शिक्षकको समन्धमा बालबालिकाको भविष्य निहित रहेकोले व्यक्तित्व विकास, बानी व्यवहार परिवर्तनमा शिक्षक, अभिभावक एकै सिक्काका दुई पाटा जस्तै हुनु पर्ने बताउनुभयो ।
कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल रविन छुस्याकीको सभापत्विमा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालय बाहिरको अतिरिक्त क्रियाकलामा विद्यालय स्थापना भएको २४ बर्षको अवधिमा यस बर्ष २७ विधामा ८० विद्यार्थीले पदक जितेको बताउनुभयो । उहाँले साईनिङ अफ दि हिरो २०८१ को संगित, चित्रकला, गीत, बाजागाजा, खेलकुद लगायता विभिन्न विधामा २५६ जना विद्यार्थीले प्रतिस्पर्धा गरी जुनियर र सिनियरहरुलाई पुरस्कृत गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापक गौरी छुूस्याकीले स्वागत, संचालन शिक्षिका अनिता सितिखु, संगितकार बद्री नारायण ताम्राकार, विद्यार्थी डोमा तामाङ्ग, रेसिका मोक्तान, सायना ठोकरले पनि बोल्नु भएको थियो ।