संस्थागत विद्यालय र शिक्षकलाई राज्यले सम्मान गर्नुपर्छ – स्वास्थ्यमन्त्री थापा


2025-04-07 10:47:19

News Image

सागर गुरागाईं
भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले शिक्षाको गुणात्मक विकास र विस्तारमा संस्थागत विद्यालयको ठुलो योगदान रहेकोले संस्थागत विद्यालय संचालक, प्रिन्सिपल एवं शिक्षकहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भएको छ । निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन प्याब्सन भक्तपुरद्धारा केन्द्रीय प्याब्सनको अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान एवं नयाँवर्ष २०८२ र बिस्काः जात्राको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री थापाले उक्त विचार व्यक्त गर्नु भएको हो । मन्त्री थापाले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई क्षमता अभिबृद्धि एवं पुर्नताजगी तालिमका लागि आफूले बागमती प्रदेश सरकार मार्फत भक्तपुर जिल्लाभित्रै जग्गा र भवनका लागि पहल गर्ने जानकारी दिनुभयो । मन्त्री थापाले बागमती प्रदेशका १३ जिल्लामा ८ सय ४८ विद्यालयमा विद्यालय नर्स कार्यरत रहेको जानकारी दिदैं अब संस्थागत विद्यालयमा पनि नर्सहरुले समय मिलाएर पाक्षिक रुपमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो । 
भक्तपुर प्याब्सनका अध्यक्ष राजन कसपालको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय प्याब्सनमा निर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारी, सहअध्यक्ष गोपालप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका थापा रिमाल, केन्द्रीय उपाध्यक्षहरु, महासचिव आर.वि. कटुवाल, कोषाध्यक्ष गणेशबाबु पोखरेल, उपमहासचिव भुवनलाल श्रेष्ठ, सचिव चन्द्रकुमार अधिकारी, केन्द्रीय सदस्य सुरेन्द्र तुवञ्जा श्रेष्ठ लगायतलाई सयपत्री फुलका माला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका नवनिर्वाचित अध्यक्षहरुलाई समेत सम्मान र बधाई ज्ञापन गरिएको थियो । नवनिर्वाचित केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले निजी क्षेत्रको शिक्षाप्रति गरिरहेको व्यवहार, कर, नियमन, अनुगमन सामुदायिक विद्यालय सरह हुनुपर्नेमा जोड दिदैं विद्यालय शिक्षा ऐन सम्बन्धी विषयहरुमा आफूहरु निरन्तर राज्यसँग छलफलमा रहेको बताउनु भयो । कार्यक्रममा केन्द्रीय प्याब्सनका सहअध्यक्ष गोपाल प्रसाद आचार्य, प्याब्सन केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपिका थापा, महासचिव आर.वि.कटुवाल, प्याब्सन बागमती प्रदेश प्रमुख मुरारी प्रकाश सञ्जेल, काठमाडौं फन भ्यालीका प्रतिनिधि गोविन्द नेपाली लगायतका अतिथि वक्ताहरुले नयाँवर्षको शुभकामना सहित आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो । 
भक्तपुर प्याब्सनका अध्यक्ष राजन कसपालले प्याब्सनको वार्षिक कार्ययोजना २०८२ बुँदागतरुपमा प्रस्तुत गर्दै प्रविधिमैत्री गुणस्तरीय शिक्षामार्फत असल संस्कारयुक्त शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । अध्यक्ष कसपालले विद्यार्थी केन्द्रित, शिक्षक–कर्मचारी केन्द्रित, संस्थापक प्रिन्सिपल केन्द्रित कार्यक्रमहरु छु¤ाछु¤ै प्रस्तुत गर्नुभयो । अध्यक्ष कसपालले अघिल्लो कार्यसमितिले गरेका सम्झौता एवं कार्यक्रमहरुलाई निरन्तरता दिएको जानकारी दिदैं प्रयोगात्मक एवं व्यवहारिक शिक्षामा प्याब्सन भक्तपुर प्रतिबद्ध रहेको बताउनु भयो । 
काठमाडौं फनभ्यालीको सभाहलमा भएको उक्त कार्यक्रममा प्याब्सन अन्तर्गतका बागमती प्रदेशका विद्यालयका विद्यार्थी एवं काठमाडौं फन भ्याली बीच प्रवेश शुल्कमा छुटको व्यवस्था सहित सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्याब्सन भक्तपुरका सचिव सूर्य भण्डारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष निलेश आचार्यले कार्यक्रमको उद्देश्य, भक्तपुर प्याब्सनको गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *