पाई डे को अवसरमा विनायक शिक्षा निकेतनमा (Pi Recitation ) प्रतियोगिता सम्पन्न


2025-04-07 02:57:44

News Image

विनायक शिक्षा निकेतनको Vinayak Maths Club द्वारा आयोजित पाई डे (Pi Day) को अवसरमा Pi Recitation प्रतियोगिता तथा Sudoku प्रतियोगिता भव्य रुपमा सम्पन्न भयो। गणितको महत्वपूर्ण स्थिराङ्क पाई (π ≈ 3.14159) को महत्व दर्शाउन आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा गणितप्रतिको रुचि र लगावमा थप प्रोत्साहन बढाएको छ। Pi Recitation प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूमा पहिलो स्थानमा कक्षा ७ का तुलज प्रजापति दोस्रो स्थानमा कक्षा ९ कीअमृता गोले र तेस्रो स्थानमा कक्षा ७ की षष्ठिका बरूवाल हुन सफल भए। त्यसैगरी सुडोकु प्रतियोगितामा पहिलो स्थानमा कक्षा ९ की सुजिना कुम्पाख ,दोस्रो स्थानमा कक्षा ९ की कृषा प्रजापति हुन सफल भ‌ए‌का थिए। कार्यक्रममा अतिरिक्त गणित शिक्षक श्री नरेन्द्र प्रजापतिले पाईको महत्वबारे प्रेरणादायी मन्तव्य दिनुहुँदै भन्नुभयो, "पाई अंक गणितीय कौशल मात्र होइन, ज्ञानको अनन्तता र अनुसन्धानको उत्साहको प्रतीक हो। " विद्यालय इञ्चार्ज शैलेन्द्र भट्टराईले पनि कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिहरूले विद्यार्थीको बौद्धिक क्षमता उजागर गर्न मद्दत गर्ने बताएकार्यक्रमको सञ्चालन (MC) कक्षा ९ की टिका मगर र अनुष्का श्रेष्ठले प्रभावशाली ढंगले गर्नुभएको थियो । समापन समारोहमा उप–प्राचार्य श्री प्रेम प्रसाद निरौलाज्यूले विजेताहरूलाई ट्रफी वितरण गर्नुभएको थियो। उहाँले पाईको प्रयोग विज्ञान, प्रविधि, इन्जिनियरिङ, र गणनामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। विनायक म्याथ्स क्लबले आगामी दिनमा पनि यस्ता बौद्धिक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *