अनुसन्धानमा अघि बढेको देश शिघ्र विकास हुने 


2025-04-07 02:45:08

News Image

भक्तपुर, २४ चैत । वागीश्वरी कलेजमा क्वालिटेटिभ डेटा एनालाइसिस सफ्टवेयर प्रयोगसम्बन्धी तीनदिने कार्यशाला आइतबार सम्पन्न भएको छ । तालिममा सहभागी फ्याकल्टी सदस्यहरूलाई वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र वितरण गनुर््भयो । 
सो अवसरमा नगर प्रमुख प्रजापतिले अनुसन्धानमा अघि बढेको देश शिघ्र विकास हुने गरेको चर्चा गर्दै भक्तपुरका कलेजहरूले अध्ययन र अनुसन्धानको नमुना बनेर देखाउनुपर्नेमा जोड दिनुभयो । 
उहाँले नेपालमै पनि अनुसन्धान गर्नुपर्ने विषय कमी नभएको चर्चा गर्दै नेपालसम्बन्धीे तथ्य तथ्याङ्क र अनुसन्धान प्रतिवेदन विदेशीमा भर पर्नुपर्ने अवस्था सधैं रहनु हुँदैन भन्नुभयो । 
प्रमुख प्रजापतिले अमेरिकी सहयोग रोकिएपछि नेपालको स–साना धेरै अनुसन्धान रोकिएको समाचार बाहिरिएको चर्चा गर्दै विदेशीको भर पर्ने सरकारको प्रवृत्तिले देशको हित र विकास हुन नसकिरहेको प्रस्ट पार्नुभयो । 
कार्यक्रममा तालिमका स्रोतव्यक्ति डा. बलराम दुवालले देशमा अनुसन्धानको निम्ति वातावरण नबनेको र मौका पाएका कतिपयले पनि सदुपयोग गर्न नसकेको बताउनुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिमले वागीश्वरी कलेजको पठनपाठनमा टेवा पुग्नुका साथै शिक्षक–प्राध्यापकहरूले समाजका अन्य क्षेत्रमा पनि गहकिलो योगदान पु¥याउन सक्ने बताउनुभयो । कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कार्माचार्यको पनि उपस्थिति रहेको थियो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *