एलाइभ मोन्टेश्वरी प्रि–प्राइमरी स्कूलको ७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


चैत २२, २०८१, शनिबार | दिउँसो ०३:०१ बजे | 50


एलाइभ मोन्टेश्वरी प्रि–प्राइमरी स्कूलको ७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

भक्तपुर । मध्यपुर थिमिको वडा नं. ५ निकोसेरा स्थित एलाइभ मोन्टेश्वरी प्रि प्राइमरी स्कूलले आफ्नो ७ आंै वार्षिक उत्सव, अभिभावक दिवस तथा दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम त्रिवि शिक्षा विभागका प्रमुख प्रो. डा. शम्भु प्रसाद खतिवडाले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक तथा प्रमुख राकेश सुवालको सभापतित्वमा भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबाबुहरुले जीवनपयोगी क्रियाकलापका साथै मनमोहक रुपमा नाच, सांस्कृतिक झाँकी, गायन तथा नाटकको समेत मञ्जन गरेर अभिभावक तथा अतिथिहरुको मन जितेका थिए । त्यस्तै कार्यक्रममा उसु अन्तर्गत आत्मरक्षा सम्वन्धी कलासमेत नानीबाबुहरुबाट प्रस्तुत गरेको थियो । कार्यक्रममा त्रिवि शिक्षा विभागका प्रमुख तथा प्रमुख अतिथि प्रा. डा. खतिवडाले साना नानीबाबुहरुबाटै त्रिविको उच्च शिक्षा प्राप्त गर्न आउने भोलीका बिद्यार्थीहरुमा आजको आधुनिक मन्टेश्वरी शिक्षा प्रणाली बर्तमान अवस्थामा आवश्यक रहेको धारणा व्यक्त गर्दै विद्यालयले नानीबाबुहरुको अध्यापनमा बिद्यालय, शिक्षक शिक्षिका तथा विद्यालय व्यवस्थापनको कार्यको सह्रानासमेत गरे । त्यस्तै मन्टेश्वरी शिक्षाका प्रशिक्षकसमेत रहेका तुल्सीहरी प्रजापतिले नानाीबाबुहरुको प्रारम्भिक शिक्षामा मन्टेश्वरीको योगदानमा अभिभावकको भूमिका र घरको बालमैत्री वातावरण पनि आवश्यक रहेको बिचार व्यक्त गरे । त्यस्तै कार्यक्रममा संस्कृति विशेषज्ञ डा. निर्मला पोखरेल, न्यु मिलिनियम स्कूलका प्रिन्सिपल कवित अर्याललगायतले विद्यालयको कार्यको प्रशंसा गर्दै मन्तव्य व्यक्त गरेका थिए । मध्यपुर थिमिको थिमि बैंक्वेटमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण प्रविका सिन्तकला र विद्यालयका प्रमुख अनिला सिन्तकलाले गरेका थिए ।

Comments