एभरेस्टका ५० ससाना नानीबाबुहरु दिक्षित
भक्तपुर । भक्तपुरको एभरेस्ट भक्तपुर स्कुलका ससाना नानीबाबुहरु दिक्षित भएका छन् । शुक्रबार एक समारोहवीच उनीहरु दिक्षित भएका हुन् । स्कुलमा एसकेजीमा अध्ययनरत दुई समूहका २५।२५ जना गरी कुल ५० जना नानीबाबुहरु दिक्षित भएका हुन् ।
उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दिक्षित गरिएको हो । त्यस अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले नानीबाबुहरुको हौसलालाई वढावा दिन कार्यक्रम गरेको जनाए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य परीक्षाको जीपीए मात्रै सवै नभएको भन्दै व्यवहारिक ज्ञान शीपको महत्व पनि त्यतिकै रहेको चर्चा गरे ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारीले संयुक्त रुपमा नानीबाबुहरुलाई दिक्षित गरेका थिए । कार्यक्रममा ससाना विद्यार्थीहरुले नाचगान पनि प्रदर्शन गरेका थिए । साथै उनीहरुले गीत गाएर आआफना अभिभावकहरुलाई पनि मख्ख पारेका थिए । कार्यक्रममा विद्यार्थीहरुले रमाइलो मानेका थिए ।