रारा बहुमुखी क्याम्पस मुगुको नेतृत्व महिलाको काँधमा


2025-03-31 15:17:49

News Image

खड्क सुनार

मुगु १८ चैत

मध्यपश्चिमाञ्चल विश्व विधालय अन्तर्रगत स्ववियु निर्वाचनमा रारा बहुमुखी क्याम्पस मुगुको नेतृत्वमा अब महिलाहरुले हाँक्ने भएकि छन् । आज सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ मुगु अध्यक्ष पदमा निर्वाचित भएको छ । अनेरास्ववियु , अखिल क्रान्तिकारीको गठबन्धन र स्वतन्त्र उमेदवार लाई पछि पार्दे नेविसंघका महिला नेत्री जयलक्ष्मी रावलले स्ववियु चुनाव अन्तर्गत रारा बहुमुखि क्याम्पसको अध्यक्षमा निर्वाचित भएकी हुन । ७३ मत प्राप्त गर्दे उनले अध्यक्ष पदमा निर्वाचित भएकि हुन । गठबन्धन बाट अध्यक्ष पदमा उम्मेदवार बनेका अनेरास्ववियुका रविन्द्र मल्लले ४८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार शुसिल कुमार मल्लले १७ मत प्राप्त गरे । यस्तै अखिल क्रान्तिकारीका औसरा बुढा १ सय १० मत प्राप्त गर्र्दै सचिव पदमा निर्वाचित भएकि छन् भने उनको प्रतिद्धन्द्धी नेविसंघका सागर हितानले २५ मत प्राप्त गरेको निर्वाचन समितीका निर्वाचन अधिकृत लाल केशर रोकायाले बताए । उनका अनुसार कोषाध्यक्ष पदमा नेविसंघका पञ्चादेवि सेजुवालले ७६ मत प्राप्त गर्दे विजयि भएकि छन् भने उनका प्रतिद्धन्द्धी अनेरास्ववियुका सरिता खड्काले ६१ मत प्राप्त गर्दे पराजित भएकि छन् । सदस्यमा अनेरास्ववियुका रेखा कार्की र अखिल क्रान्तिकारीका मनोज शाही निर्वाचित भएको उनको भनाई छ । यो सँगै रारा बहुमुखि क्याम्पसको स्ववियुमा महिला नेतृको काँधमा आएको छ । चैत्र १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा १७२ मतदाता मध्ये १४५ मतदान भएको थियो । समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ९ मत , अनेरास्ववियुले ६५ मत , नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनले ६ मत प्राप्त गरेका छन भने ७ मत बदर भएको निर्वाचन समितिले बताएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *