सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने
चैत १७, २०८१, सोमबार | दिउँसो १२:३४ बजे | 160
Purbanchal University, Gothgaon, Morang र Purdue University, Northwest, Indiana, USA का बीचमा Faculty, Researcher र Student हरुको Exchange गर्ने, अनुसान्धान, आबिश्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने, प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको प्रवर्द्धन गर्ने साथै विश्वविद्यालयको आवश्यकता अनुसार अन्य अनुसन्धानमुखी कार्यहरु गर्ने सम्बन्धमा भएको समझदारीपत्रमा पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र प्रडु युनिभर्सिटी नर्थवेष्टका इन्टरनेशनल प्रोग्राम एण्ड पार्टर्नसिप डाइरेक्टर डा. रमेश न्यौपानेले दस्तखत गरी कार्यान्वयन गर्ने प्रतिबद्वता जनाइयो । सो अवसरमा प्रडु युनिभर्सिटीका डाइरेक्टर डा. न्यौपानेले यो सहकार्य गर्ने समझदारी पत्रमा उल्लिखित कुराहरु लागू गर्ने प्रतिवद्वता जनाउदै आगामी कार्यक्रमहरुमा ३ बर्ष नेपालमा र २ बर्ष युएसमा अध्ययन गरेर ५ बर्षमा युसको ब्याचलर र माष्टरको डीग्री दिन सकिने, १ बर्ष नेपालमा र १ बर्ष युएसमा अध्ययन गरि २ बर्षे माष्टर कोर्ष गरेर युसको डिग्री प्राप्त गर्न सकिने गरी थप कार्यहरु हुनसक्नेछन भन्नुभयो। यसका लागि दुबै विश्वविद्यालयका पाठ्यक्रमहरु अध्ययन गरी क्रेडिट आवर्स ट्रान्सफर सम्बन्धी आवश्यक व्यवस्था मिलाइने पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. थपलियाले जानकारी दिनुभएको छ । आज भएको समझदारीपत्रले युएसका विद्यार्थीहरु, फ्याकल्टीहरु, कर्मचारीहरुले समेत नेपाल आएर छोटो अवधिको अध्ययन, तालीम, रिसर्च आदि बारे शिक्षा लिन र नेपाली विद्यार्थीहरु युएस गएर सो अनुरुप शिक्षा लिन सक्ने बाटो खुलेको छ ।