रोम्बस स्कूलमा हाटबजार, विद्यार्थीहरूमा व्यापारिक सोचको विकास 


चैत ९, २०८१, आइतबार | दिउँसो ०१:०१ बजे | 95


रोम्बस स्कूलमा हाटबजार, विद्यार्थीहरूमा व्यापारिक सोचको विकास 

विपना  बानिया 
भक्तपुर, चैत १०
रोम्बस नेशनल स्कूल हाटबजारको आयोजना गरिएको छ । हाटबजारमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले विभिन्न सामग्री बिक्री गरेका थिए । हाटबजारमा हरियो सागपात, ताजा तरकारी, जुस, कफी, पानीपुरी र अन्य परिकारहरू राखिएका थिए ।
विद्यार्थीहरू आफैं ग्राहकलाई बोलाउँदै, मूल्य निर्धारण गर्दै र सामान बिक्री गर्दै व्यावसायिक सोचको अभ्यास गरिरहेका थिए । विशेषगरी पानीपुरी सबैभन्दा लोकप्रिय रह्यो, जहाँ विद्यार्थीहरूको उत्साह, हाँसो र रमाइलो माहोलले हाटबजारलाई अझ आकर्षक बनायो । जुस र कफी स्टलमा पनि शिक्षक तथा अभिभावकहरूको विशेष चासो देखियो ।
कार्यक्रमको उदघाटन विद्यालय उपप्रधानाध्यापक अमृता ढकालले गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई व्यवसायिक सीप, आत्मनिर्भरता र परिश्रमको महत्त्व बुझाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सानै उमेरदेखि सिकाइएका यस्ता सीपले भविष्यमा ठूला अवसरहरू सिर्जना गर्न सक्छन् ।“
शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय उपस्थितिले हाटबजारलाई झनै प्रभावकारी बनायो । विद्यार्थीहरूले सहकार्य, जिम्मेवारी र व्यवहारिक व्यापारिक सीप सिक्ने अवसर पाए ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ ।

Comments