हंसबाहिनी स्कुल जहाँं ७३ औं वर्षमा ७८ विद्यार्थी पढ्छन्


चैत ७, २०८१, शुक्रबार | विहान ०७:१८ बजे | 340


हंसबाहिनी स्कुल जहाँं ७३ औं वर्षमा ७८ विद्यार्थी पढ्छन्

भक्तपुर । श्री हंसवाहिनी आधारभूत विद्यालय थालाछें भक्तपुरको ७३ औं वार्षिकोत्सव, अभिभावक सम्मान पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम शुक्रबार स्कुलको प्रांगनमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी रहेकी थिइन् । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवाल, शिक्षाविद् हिमालयश्वरलाल मुल, विद्यालयका प्रिन्सिपल सूर्यबहादुर फोंजूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयले जनाए अनुसार विद्यालयमा हाल ७८ जना विद्यार्थी अध्ययनरत छन् । यहाँं कक्षा ५ सम्मको अध्यापन हुन्छ । 
कार्यक्रमको उदघाटन चन्द्रलक्ष्मी दुवालले गरेकी थिइन् । साथै स्वागत स्कुलकी सूचना अधिकृत लक्ष्मीश्वरी कर्माचारीले गरेकी थिइन् । कार्यक्रममा स्कुलका प्रिन्सिपल सूर्यबहादुर फोंजूले प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्ति तथा विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो । 
 

Comments