परिचय


चैत ५, २०८१, बुधबार | विहान ०५:४१ बजे | 20


परिचय

विद्रोही आर.के.
बास्तबमा मेरो परिचय के हो ?
मलाई त्यस्तै बन्न दिनु 
अथवा 
दढेलोको चिंगारी
क्रान्तिकारी योद्धा
ज्वालामुखीको लाभा
प्रगतिशील गीत ।

वितेको संघर्ष
बर्तमान उपलब्धी
समताको भविष्यमा 
मेरो परिचय के हो ?
उदाउँदो सूर्य
बर्षाता बादल
सगरमाथाको चुचुरो
रातो झण्डा
माटोको मजदुर किसान 
शान्तिको परेवा ।

मेरो परिचया के हो ?
सहनशीलता
धैर्यता
निडर
सिर्जनशीलता 
सकृयता ।

नेतृत्व हुन
निडर, निर्भय
वीर, साहसिक, 
सुविचार, सुकर्म
कर्मयोद्धा, जवान
अनुशासित, चेतनशील नागरिक ।

संवाहक हुँ अन्नन्त संचारको
त्यसैले मलाई विचारले लेस बनाउन
चेतनाको विउ छर्नु छ,
मलजल गरी हुर्काउन
कुवा कुलो खन्नु छ, 
तिर्खाएका हरेक तख्तालाई
प्यास मेटाउन
विशाल आकाशमा गर्जिनु छ, 
चट्याङ्ग भई प्रकाश छर्नु छ, 
बादल बर्षा भई बर्षिनु छ ।

तर म 
हिमालबाट चिप्लेर
बाटो विराएर डराई रहेको छु ।
त्यसैले रातो किताब बोकेर
समताको गन्तव्यमा लम्कि रहेको छु ।
                धन्यवाद ! 
 

Comments