विनायकमा चाइनिज स्वयंसेवक शिक्षिकाको विदाई
मध्यपुर ठिमी भक्तपुर
विद्यार्थीहरूलाई गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमीले यही २०८१ चैत ४ गते चाइनिज स्वयंसेवक शिक्षिका Hu Jiaxue को सम्मानमा विदाई कार्यक्रमको आयोजना गर्यो। गत साउन महिनादेखि हालसम्म निरन्तर चाइनिज भाषा ,संस्कृति र कला सिकाउँदै र नेपाली कला ,संस्कृति र भाषा सिक्दै आएकी शिक्षिकालाई विदाई गरिएको थियो। विद्यालयका शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराईले सञ्चालन गर्नुभएको तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति ,सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, शिक्षक शिक्षिकाहरु तथा कक्षा पाँच, छ र सातमा अध्ययनरत विद्यार्थीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा विदाई मन्तव्य दिँदै विद्यार्थीहरूले विनायकमा पढ्न पाई आफूहरुले विभिन्न अन्तर्राष्ट्रिय भाषा , संस्कृति र कला सिक्दै सांस्कृतिक ज्ञान आदान प्रदान गर्न पाएकोमा आफूहरु गौरवान्वित भएको महसुस गर्दै चाइनिज शिक्षिकाको सफल र सुखद यात्राको कामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले भोलिका विश्व नागरिक : आजका विद्यार्थीहरूले हरेक देशको भाषा, संस्कृति र कलालाई जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने मान्यता विद्यालयको रहेको र यी यस्ता सिकाई भविष्यमा अवसर र जिविकोपार्जनको आधार बन्न सक्ने तथा ज्ञानको क्षितिज फराकिलो पार्न सक्ने माध्यम भएकाले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा जोड दिँदै आएको कुरा बताउनुभयो। साथै खादा दोसल्ला र प्रशंसापत्रका साथ विदाई गरिएकी चाइनिज स्वयंसेवक शिक्षिका पुन वैशाख महिनाको अन्तिमदेखि नियमित रुपमा कक्षामा उपस्थित उपस्थित भई पुनः चाइनिज भाषा पठनपाठन गराउने जानकारी समेत गराउनुभयो।