वेलफेयर एकेडेमीद्धारा एसईई सम्मान एवं पुरस्कार वितरण 


2025-03-17 11:25:40

News Image

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित वेलफेयर एकेडेमीद्धारा वार्षिकोत्सव कार्यक्रमसँगै विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । वेलफेयर एकेडेमीकी प्रधानाध्यापक अनिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ मा आयोजना गरिएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र, पदक र पुरस्कार वितरण गरियो । मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै शिक्षाको विकास र विस्तारका लागि वडाले ३० जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिरहेको जानकारी दिदैं विद्यार्थीको सिकाइलाई सफल र प्रभावकारी बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक समन्वय जरुरी रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले गुणस्तरीय शिक्षासँगै असल संस्कार वर्तमान समयको आवश्यकता भएकोमा जोड दिनु भयो । कार्यक्रमका विशेष अतिथि भक्तपुर प्याब्सनका अध्यक्ष राजन कसपालले वेलफेयर एकेडेमीले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसा सहित शुभकामना मन्तव्य व्यक्त गुर्नभयो । कार्यक्रममा प्राञ्जल नेपालका अध्यक्ष डिल्लीराम गौतमले शिक्षासँगै असल संस्कार मार्फत विद्यार्थीहरुलाई नैतिकवान र चरित्रवान बनाउन शिक्षक एवं अभिभावकको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा शिक्षाकर्मी तुल्सीहरि प्रजापतिले गीत, कविता अनि मुक्तक मार्फत अभिभावकको दायित्व, विद्यार्थीको कर्तव्य र शिक्षकहरुको भूमिकाबारेमा बोल्नु भएको थियो । कार्यक्रममा वेलफेयर एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनमान श्रेष्ठ, बालप्रेमी माविका प्रधानाध्यापक सुन्दर श्रेष्ठ लगायतका अतिथिवक्ताहरुले वेलफेयर एकेडेमीले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न प्रयास गरिरहेको बताउनु भयो । वेलफेयर एकेडेमीकी प्रधानाध्यापक अनिता श्रेष्ठले विद्यालयको वार्षिक, शैक्षिक गतिविधिको छोटो चर्चा गर्दै अभिभावक एवं स्थानीय बासिन्दाहरुको साथ र सहयोगमा वेलफेयर एकेडेमीले शैक्षिक एवं अन्य प्रगति गरिरहेको जानकारी दिदैं भावि योजनाबारे छोटो जानकारी दिनुभयो । कार्यक्रममा नर्सरी कक्षादेखि कक्षा ७ सम्म अध्ययरत विद्यार्थीहरुलाई नृत्य, गायन लगायत आआफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । वेलफेयर एकेडेमीको प्रांगणमा भएको उक्त कार्यक्रममा एसईई सम्मान, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पदकसहित सम्मान गरिएको थियो । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *