प्राडा संग्रौलामाथि लागेको दाग अव कसले मेटाइदिने ?


चैत २, २०८१, आइतबार | दिउँसो ०३:४१ बजे | 110


प्राडा संग्रौलामाथि लागेको दाग अव कसले मेटाइदिने ?

अनन्तराज लुइँटेल
मैले आदर्श मानेका शिक्षकहरु धेरै छन् । तिनको नाम लिंदा लिष्ट लामो हुनसक्छ । तीमध्येपनि मैले नाम लिनुप¥यो भने भोजपुर जिल्लाकै प्रशिद्ध गणित शिक्षक किशोर कुमार ताम्राकारको नाम लिंदा मलाई सन्तुष्टी मिल्छ । जीवनमा धेरै शिक्षकहरुको सामिप्यता पाइयो र जति सिकियो, तिनको केही न केही गुण शिक्षकहरुबाट सरेको भए मेरो जीवन धन्य हुनेछ । 
किशोर सरको नाम लिंदा मेरो मन फुरुङ हुन्छ । र, उहांको नाम लिंदा अन्य गुरुहरुको समेत सम्मान हुन्छ भन्नेै मलाई लाग्छ । मैले स्कूल छाडेको ३४ बर्ष पुग्दैछ, तर फेरीपनि पछिल्लो पटक मैले हिजो मात्रै किशोर सरसंग फोनमा कुरा गरें र सोंधे “हेडसर“संग तपाईंको त कुरा भैरहेकै थियो होइन ? किशोर सरले भइरहेकै जवाफ दिनुभयो । “हेडसर“ अर्थात् यशोधरा मा.वि. टक्सारको शिक्षकहरुका “स्ट्राइकर“ शेर बहादुर कार्कीको हिजैमात्रै अवशान भएको छ र धेरै विद्यार्थी, शिक्षक र समुदाय भावविभोर बनेका छन् । 
गुरु के हो भन्ने विषयमा मैले धेरै पटक हेरेको हिन्दि चलचित्र “चक और डस्टर“ र “म्याडम गीतारानी“ नामक दुई फिल्मका कहानीहरु हेर्दा स्पष्ट हुन्छ । आफ्नो जीवन सफल होस् या नहोस्,  विद्यार्थीको जीवन सफल पार्ने शिक्षकको लक्ष्यले गर्दा शिक्षक विद्यार्थीको आदर्श बन्न जान्छ । आधुनिक जीवनमा शिक्षक पनि व्यवसायिक भएको छ, र कमाई धन्दालाई प्राथमिकता दिंदा शिक्षकले आफ्नो आदर्श भुल्न गएको छ । 
“चक और डस्टर“ र “गीतारानी“ जस्ता फिल्महरुमा देखाइएका शिक्षक पात्रहरु कमै फेला पर्लान् । भर्नाको समयमा अस्वस्थ प्रतिस्पर्धा गर्ने र चलेको विद्यालय, कलेजका शिक्षकहरुमाथि अवान्छित लान्छनाहरु लगाएर अन्य स्कूल र कलेजहरुले कसरी विद्यार्थी तान्ने कोसिस गर्छन भन्ने तथ्य यी फिल्महरुमा दुरुस्तै देखाइएको छ । यी फिल्ममा देखाइएका जस्ता कहानी अहिले हाम्रो समाजमा मिल्दाजुल्दा छन् कि छैनन् अध्ययनकै विषय होला, तर स्थापित शिक्षकहरु र समाजका आदर्शहरुमाथि यहि प्रकारको आक्रमण दुखद् रुपमा देखा परेका छन् । 
काठमाण्डौं स्कूल अफ ल का संचालक प्राध्यापक डा युवराज संग्रौलामाथि जुन हिलो छ्याप्ने काम भएको छ, यदाकदा हिन्दि सिनेमाको शैलीमा उहांलाई खुइल्याउने काम भइरहेको हो कि भन्ने लाग्छ । संग्रौलामाथि जुन लान्छना लागेको छ, त्यसको सत्यताको परीक्षण नभइकनै उहांको सामाजिक जीवन, इज्जत र जीवनभर कमाएको मर्यादा समाप्त पार्ने प्रयास भएको छ । अध्ययन समितिले निर्दाेष ठहर गरेपनि संग्रौलाको गुमेको साख फर्कन सजिलो छैन । 
२५ बर्षअघि एलएलएम तहका मेरा शिक्षक रहिसकेका डा संग्रौलासंग मेरो खासै कुनै सम्बन्ध वा सरोकार छैन, तर उहांको सामाजिक साखसंग मेरो पनि चासो भने छ । त्यसैले अनुसन्धानबाट जे ठहरिएला, त्यसलाई स्वीकार्नुको विकल्प छैन ।
स्कूल तहमा पढ्ने एउटी छात्राको एकजना केटासंग बसमा आंखा जुधेको एउटा प्रसंगमा “म्याडम गीतारानीमा“ ज्योथिका अर्थात् “म्याडम गीतारानी“ भन्छिन्, “उससे आंखे जुध्नेमे तुमको बहुत गुदगुदी होरहि होगी, मगर उसको ड्याम करके आगे चलो, अभिअभि जो मिलेगा .........आगे चलोगी तो भविष्यमे बहुत बडा खजना मिलेगा ।“
शिक्षकले यत्ति पनि भन्न नपाउने ? “म्याडम गीतारानी“को भव्य व्यक्तित्वले प्रभावित भएको एउटा फुच्चे वालकले लभ लेटर र फूल दिंएको दृष्य समेत “म्याडम गीतारानी“को  एउटा बेजोडको कहानीको रुपमा फिल्ममा देखाइन्छ । त्यसलाई उनले बडो प्रेमपूर्वक र रमाइलो तवरले सम्हालेको देखाइन्छ । असफल भएका विद्यार्थीलाई समेत मेट्रिक परीक्षामा सामेल गराउंदा जेल जानुपरेको, अनेकन लान्छना ब्यहोर्नुपरेको कहानी समेत फिल्ममा रमाइलो पाराले प्रश्तुत गरिएको छ । 
मैले जीवनको आदर्श मानेको किशोर सरले हालैको एउटा अन्तर्वार्तामा आफूले समेत केही विद्यार्थीहरुलाई सिकाउने क्रममा सानोतिनो पनिसमेण्ट दिएको स्वीकार्नुभएको छ । तर अहिले भौतिक यातनालाई कुनैपनि तवरले स्वीकार्न नसकिने पनि उहांले नै बताउंनुभएकोले समय परिवर्तित भइसकेको बुझ्नुपर्छ  । “सिकाइका क्रममा कतिपय सानातिना पनिसमेण्ट दिइयो र त्यसको कतैबाट अब्जेक्सन भएन । तर अहिले त्यस्तो पनिसमेण्ट स्वकिारिदैन,“ किशोर सर अन्तर्वार्तामा भन्नुहुन्छ ।
मेरी छोरी पढ्ने स्कूलमा अहिले “आइस्योस“ र “गइस्योस“का लवजहरु सुन्दा मलाई नै अचम्म लाग्छ, यद्यपी समयले ल्याएको परिवर्तनलाई स्वीकार्नुको विकल्प छैन । पुराना शिक्षहहरुले पुरानै शैलीमा छोराछोरी सरह नै मानेर विद्यार्थीलाई गाली गर्दा पनि अहिले समस्या आएका उदाहरणहरु पनि छन् । 
सुधार एउटा क्षेत्रमा मात्रै होइन, सबैतिर ढिला भइसकेको छ । मिडिया ट्रायलबाट लगभग सामाजिक जीवन समाप्त भइसकेका डा. संग्रौलामाथि निष्पक्ष छानविन होस् । दोषी देखिए कारबाही र निर्दोष देखिए उनीमाथि न्याय गरियोस् । अस्तु । सामाजिक सञ्जालबाट 

Comments