एकदिने किकम्पा एजुकेशन एक्पो सम्पन


चैत २, २०८१, आइतबार | दिउँसो १२:४२ बजे | 165


एकदिने किकम्पा एजुकेशन एक्पो सम्पन

किकम्पा मन्टेशरी स्कुलको आयोजनामा एकदिने किकम्पा एजुकेशन एक्पो २०८१ शनिवार सम्पन भयो । किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्री देवचन्द्र बज्राचार्यज्यूको प्रमुख आतिथ्यता भएको सो एक्पोमा किकम्पा मन्टेशरीमा अध्ययनरत विद्यार्थीहरुद्धारा तयार पारिएका विभिन्न हस्तकलाका सामाग्री, पेपर क्राप्ट, हस्तलेखन तथा स साना विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उद्देश्य तयार पारिएका विभिन्न बस्तुहरु पनि प्रदर्शनी गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि श्री बज्राचार्यज्यूले स साना भाईबहिनीहरुलाई प्रतिस्पर्धाको भावनाबाट नभई व्यवहारिक ज्ञान दिई शिक्षित गर्नपर्ने आजको आवश्यता भएको कारण समय समय यस्ता क्रियाकलापहरु गरी स साना विद्यार्थीहरुमा भएका प्रतिभाहरु बाहिर ल्याई सोही अनुरुपको शिक्षा दिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

Comments