सकियो गुरु गणेश साकोसमा शिक्षा शिविर


2025-03-15 15:47:21

News Image

भक्तपुर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिका संयोजक तुल्सी केशरी छुुंजुको संयोजकत्वमा यस आर्थिक बर्षमा भएका नयाँ सदस्यहरुलाई भेला गरी एक समारोहबीच सहकारीमा शिक्षा शिविर कार्यक्रम सम्पन्न गरियो ।
यस कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको मुल्य, मान्यता र सिद्धान्तबारे प्रस्ट्याउदैं शिक्षा शिविरमा सहकारीको आधारभुत जानकारी, वित्तिय साक्षरता, सहकारी संचालन र ब्यवस्थापन, व्यावसायिक तथा उद्यमशीलता विकास, जोखिम ब्यवस्थापन र बीमा योजना, डिजिटल वित्तिय सेवा र प्रविधि र सहकारीमा सदस्यहरुको सक्रिय सहभागिताबारे पनि बोल्नु भयो । साथै खुल्ला तथ ऐच्छिक सदस्यता, सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सुचना, सहकारीहरुबीच पारस्परिक सहयोग र समुदायप्रति चासोमा बताउनु भयो । गुरु गणेश सहकारीमा सदस्य हुनुको फाईदा र ब्यवसायिक रुपमा संचालन सहकारीबारेको वास्तविकता पेश गर्नुका साथै बचत र ऋणको अर्थबारे प्रस्तुत गर्नुभयो । सहकारीको पल्र्श बिश्लेणबारे जानकारी राख्नु पर्ने भन्दैं सहकारी अध्यादेश २०८१ बारे बोल्दैं भुकम्प, कोरोना र आर्थिक मन्दिबाट गुज्रिएको अवस्थामा सहकारी दुब्नु र भाग्नुले सहकारी प्रति बिश्वास गुमेको बेला  सहकारी अध्यादेशले समुदायमा आधारित सहकारीलाई बाध्ने काम बैक माफियाहरुको दलदलमा फसेको सरकारको काम भएको पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वाले सहकारीको सवल पक्ष, तालिम तथा कार्यक्रमको जानकारी गर्दै सहकारीको निक्षेप, ऋण, तरलता र सदस्यहरुको विवरण पेश गर्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापतिले गर्नुका साथै सहकारीको स्थापनाकाल देखि हालसम्मको शेयर विवरण पेश गर्नु भएको थियो । कोषाध्यक्ष तुल्सी केशरी छुंजुले सहकारीको आर्थिक विवरण पेश गर्नुका साथै नाफाको पनि जानकारी दिनुभयो । कार्यक्रम संचालन संस्थाका प्रबन्धक गौतम कुटुवाजूले गर्नुका साथै सहकारीमा सदस्यता, बचत तथा ऋण्को ब्याजदर र ऋणको प्रक्रियाबारे थप प्रस्ट पार्नु भएको थियो । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *