विज्ञान तथा गणित विषयको प्रयोगात्मक प्रदर्शनी गरियो
फाल्गुन २७, २०८१, मङ्गलबार | विहान १०:२८ बजे | 140
भक्तपुर, १९ फागुण । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनमा विज्ञान तथा गणित विषयको प्रयोगात्मक प्रदर्शनी एवम् नेवारी र तामाङ जातीको सँस्कृति संरक्षण गर्ने हेतुले विविध सँस्कृति प्रदर्शनी २०८१ भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवाल र नगरशिक्षा समितिका शाखा अधिकृत साधुराम फुँयालले एक समारोहबीच शुक्रबार गपली विद्यालय भवनको प्राङ्गणमा रिवन काटी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवालले गणित र विज्ञान महत्वपुर्ण विषयमा प्रदर्शनी प्रयोगात्मक शिक्षा नगरपालिकाले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यमा टेवा पुग्ने बताउनु भयो । उहाँले गणित र विज्ञान बारे शिक्षकहरुलाई तालिम दिनुपर्ने बताउँदै नगरपालिकाले विद्यालय अनुगमन समेत गरेको बताउनुभयो । उहाँले पूर्वाधार पुरा गरेर सस्तो, शुलर र बैज्ञानिक शिक्षाको लागि भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय माग गरेको बताउँदै छात्रबृति र शैक्षिक ऋण समेत प्रदान गरेको बताउनुभयो । उहाँले स्थानीय पाठ्यक्रम तयार गरी जातजाति र भाषाभाषिको कला संस्कृति देश कै सम्पत्ति भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखाका अधिकृत साधुराम फुँयालले संस्थागत र सामुदायिक विद्यालयहरु बीच भेदभाव नगरी शैक्षिक स्तर उकास्न संगसंगै लगेको बताउनुभयो । उहाँले कला सँस्कृतिको पहिचान हराउँदै गएको बेला विज्ञानसंग जोडेर नेवार र तामाङ संस्कृति प्रदर्शनी उत्कृष्ट नमुना भएको बताउँद ै रुढीवादी कुराहरुलाई हटाउँदै सँस्कृतिको संरक्षण र जगेर्ना गर्न टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा गपलि टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले गणित र विज्ञानमा अगाडि बढेको देश आणविक हतियार उत्पादन र सामरिक हिसावले पनि अगाडि बढ्ने भएकोले देश विकास र स्वाधिन देश बनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले जातजाति, भाषाभाषि र कला सँस्कृति देश कै सम्पत्ति भएकोले यसको संरक्षण र संबद्र्धनको लागि विद्यालयको गतिविधिले पनि टेवा पुग्ने बताउनुभयो । उहाँले यस विद्यालयले ‘अनुसन्धान वा आविष्कारको लागि अति राम्रो र गुणस्तरीय शिक्षा’ (ूीबलमmबचप ायच दभततभच ७ त्रगबष्तिथ भमगअबतष्यलू ) भने मूल स्लोगनका साथ अध्यापन गराइ रहेकोकोबाट नै यो विद्यालयको शिक्षाको गुणस्तर कति छ भने कुरा प्रमाणित हुन्छ भन्नुहुँदै विद्यालयको अझ थप प्रगति गर्दै जाउन भने शुभकामना पनि तक्र्याउनु भयो । उहाँले सामुदायक विद्यालयको शिक्षा गुणस्तरीय भएको भए संस्थागत विद्यालयको प्रार्दुभाव नै हुने थिएन बताउनु हुँदै राज्यले शिक्षा क्षेत्रको दायित्व पुरा गर्न नसक्दा नै संस्थागत विद्यालयहरुको गुणस्तरीय शिक्षा दिँदा अभिभावकहरु संस्थागत विद्यालय तर्फ आर्कषित भएको बताउनुभयो । उहाँले सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक एवम् प्रयोगात्मक विधिद्धारा पठनपाठनलाई सहज हुने र व्यवहारमा परिवर्तन गर्न सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन छुस्याकीले शिक्षा प्रति बालबालिकामा अभिरुचि बढाउन र अभिभावकहरुलाई आकर्षण गर्न शैक्षिक मेला आयोजना गरेको बताउँदै गुणस्तरीय शिक्षासंगै व्यवहारीक ज्ञान प्राप्त गर्न पनि मद्दत पुग्ने बताउनुभयो ।