एउटै सडकमा तीनथरी मापदण्ड किन ?


फाल्गुन २७, २०८१, मङ्गलबार | विहान ०५:४१ बजे | 0


एउटै सडकमा तीनथरी मापदण्ड किन ?

भक्तपुरको जगाती प्रहरी चौकीदेखि चाइनिज इट कारखाना हुँंदै डोलेश्वरसम्म पुग्ने सडक फराकिलो हुने क्रम सुरु भएको छ । तर सडक विस्तारको क्रममा तीन थरी मापदण्ड लगाएको पाइएको छ । यसले हामी पीडित भएका छौं । 
जगातीको डोलेश्वर गेटदेखि केही सय मिटर माथि मोडसम्मको इट कारखानाभित्रको क्षेत्रफलमा मापदण्ड नै लागू गरिएको छैन अर्थात् सडक विस्तार गरिएको छैन । त्यसभन्दा माथि मोडदेखि झ्यालीपाटी (चोकको पाटी) सम्म एक मिटर बढाइएको छ । यो वीचमा झ्यालीपाटीदेखिको मुनि ढलमा कही ढलसहितको एक मिटर त कही ढल बाहेकको एक मिटर बढाउने भनिएको छ । 
यसरी ढल बाहेकको एक मिटर विस्तार हुँंदा हामी पीडित बनेका हौ । कसैको घर अगाडि चाहिं ढलसहितको एक मिटर हुने अनि कसैको घर अगाडि चाहिँं ढल बाहेकको एक मिटर कायम भएकाले थप नौ इन्च जग्गा विस्तार दिनुपरेर हामी पीडित भएका हौं । कसैमाथि न्याय, कसैमाथि अन्याय नहोस् । सरोकारवालाको ध्यान जाओस् । 
                       स्थानीय पीडितहरु
 

Comments